विश्वकपपछि सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरो कप शुक्रबार देखी
- जेष्ठ ३१, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विश्व फुटबलमा सबैभन्दा बढि चर्चा हुने विश्वकप पछिको ठूलो मनोरञ्जनात्मक फुटबल प्रतियोगीता हो फिफा । विश्वकप कै रुपमा फिफालाई लिइए पनि यसले युरोपिएन मुलुकहरुको प्रतिनिधित्व गर्ने भएकोले यसलाई युईएफए युरो नामाकरण गरिएको हो । यही युईएफए युरो कप १७औं संस्करण जेष्ठ ३२ शुक्रबार देखी जर्मनीमा सुरु हुँदै छ भने एक महिना अर्थात अषाढ ३० गते सम्म टेलिभिजनको पर्दाहरुमा युरोकपको मजा लिन पाइने भएको छ ।१६ औं संस्करणे विभिन्न ११ देशको ११ सहरमा आयोजना भएको थियो ।
यसपटक युरोकप एकै देशमा मात्र आयोजना हुन लागेको हो । जसमा युरोपका उत्कृष्ट २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको पहिलो खेल आयोजक जर्मनी र स्कटल्याण्डबीच शुक्रबार नेपाली समय अनुसार मध्यराति १२ः४५ बजे सुरु हुनेछ ।
अहिले तेस्रो पटक जर्मनीको खेल मैदानमा युरो कपको लागि भिडन्त हुँदै छ । जर्मनीले आफनो राष्ट्रमा तेस्रो पटक युरो कपको आयोजना गर्दै छ । सन् १९८८ मा पहिलो पटक पश्चिम जर्मनीमा युरो कपको आयोजना भएको थियो भने २०२० को संस्करण युरोकपको ११ देशमा युरोका खेल हुँदा जर्मनीको म्युनिखमा चार खेल भएको थियो ।
सन् १९६० मा सुरु भएको युरो कप हरेक चार वर्षमा हुँदै आएको छ । कोभिड १९का कारण २०२० मा हुनुपर्ने प्रतियोगिता एक वर्ष ढिला २०२१ मा भएको थियो ।
युरो कपको उद्घाटन खेल जुन १४ मा जर्मनीको म्युनिखमा हुँदैछ । जहाँ आयोजक जर्मनीले स्कटल्याण्डसँग भिड्ने छ ।
युरोको समूह चरणको खेल जुन २६ सम्म सञ्चालन हुनेछ भने नकआउट चरणका खेलहरु जुन २९ देखि सुरु हुनेछ । प्रतियोगिताको फाइनल जुलाई १४ मा बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।
जर्मनीले स्पेनसँगै सर्वाधिक ३ पटक उपाधि जितेको थियो । यस पटक घरेलु मैदानमा उपाधि जित्दै चौथो पटक च्याम्पियन बन्ने दाउमा जर्मनी रहेको छ ।
पश्चिम जर्मनी हुँदा १९७२ र १९८० र एकिकृत जर्मनी भएपछि १९९६ मा जर्मनीले युरो उपाधि जितेको थियो । जर्मनीले युरो जित्न नसकेको २८ वर्ष भइसकेको छ । त्यसैले यस पटक घरेलु मैदानमै प्रतियोगिता हुँदा त्यस अवसरलाई सदुपयोग गर्ने जर्मनीको लक्ष्य छ ।
जर्जिया नयाँ टिम
यस पटक युरो २०२४ मा एक मात्र नयाँ टिम छ । जर्जियाले यसै संस्करणमार्फत युरोमा डेब्यु गर्दैछ । साविक विजेता इटलीसहित १९ टिम अघिल्लो संस्करण खेलेकै टिम छन् । यस्तै अल्वानिया, स्लोभेनिया, सर्विया र रोमानियाले पनि पुनरागमन गरेका छन् ।
सन् २०१६ मा डेब्यु गरेका अल्वानिया पछिल्लो पटक युरोमा छनोट भएको थिएन । पाँच पटक युरो खेलेको रोमिया पनि २०१६ पछि पहिलो पटक छनोट भएको हो । सर्विया र स्लोभेनिया सन् २००० पछि पहिलो पटक युरो खेल्दैछन् ।
यस पटक छनोट हुन नसकेका ठूला टिममा स्वीडेन, रुस र वेल्स हुन् । यस्तै एर्लिन हालान्ड र मार्टिन ओडेगार्ड जस्टा स्टार भएको नर्वे पनि छनोट हुन सकेनन् ।
युरो २०२४ समूह विभाजन
समूह ए : जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीट्जरल्याण्ड
समूह बी : स्पेन, क्रोएसिया, इटली, अल्वानिया
समूह सी : इंग्ल्याण्ड, डेनमार्क, सर्विया, स्लोभेनिया
समूह डी : फ्रान्स, नेदरल्याण्ड्स, पोल्याण्ड, अष्ट्रिया
समूह ई : बेल्जियम, स्लोभाकिया, रोमानिया, युक्रेन
समूह एफ : पोर्चुगल, टर्की, चेक रिपब्लिक, जर्जिया
१० सहरको १० स्टेडियममा खेल
जसमा युरो २०२४ का लागि दश भेन्यू तय गरिएको छ । त्यसमध्ये ९ भेन्यु २००६ को विश्वकपमा प्रयोग गरिएको थियो ।
युरो २०२४ खेलाइनेमध्ये डुसेलडोर्फ मात्र २००६ को विश्वकपमा प्रयोग गरिएको थिएन तर यो मैदान १९७४ को फिफा विश्वकप र १९९८ को युरोमा प्रयोग गरिएको थियो ।
डुसेलडोर्फ सहित बर्लिन, म्युनिख, डर्टमण्ड, स्टुटगार्ड, फ्रांकपर्ट, गेल्सेनकिरचेन, ह्यामवर्ग, कोलोन र लाइपजिगमा युरो २०२४ का खेलहरु सञ्चालन हुनेछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments