नाउपा र जपालाई सरकारमा सामेल गर्न माओवादी केन्द्र र एमालेका एक -एक मन्त्री फिर्ता बोलाइदै
- जेष्ठ ३१, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गरेका दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जपा)लाई सरकारमा ल्याउने विषयमा केही दिनयता गठबन्धन दलका नेताहरूसँग छलफल गरिरहेको बेला प्रधानमन्त्री दाहाल नेतृत्व मन्त्रीमण्डलका दुई मन्त्री हितबहादुर तामाङ र बलराम अधिकारीलाई मन्त्री पदबाट अलग गराइने भएको छ ।
माओवादी केन्द्रका तामाङ र एमालेका अधिकारी गठबन्धनको नयाँ समिकरण बनेपछि मन्त्री बनेका थिए ।
समीकरणको मुख्य कर्ताधर्ता दल एमालेका अध्यक्ष केपी शर्मा ओली सँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले नाउपा र जपालाई सरकार सामेल गराउन माओवादी केन्द्र र एमालेबाट एक एक जना मन्त्री फिर्ता लैजानु पर्ने प्रस्ताव राखेका थिए ।
प्रधानमन्त्रीको प्रस्तावमा ओली सकारात्मक देखिएका थिएनन् ।
नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफैँ सरकारमा जाने तयारीमा छिन् । जपाबाट अध्यक्ष सीके राउतले नेतृत्व गर्ने कि अन्यलाई पठाउने भन्नेमा निर्णय भएको छैन् । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिचको भेटवार्ता सकारात्मक भएको जानकारी छ ।
सरकारलाई समर्थन गरेका दलहरूलाई समेट्ने विषयमा हिजोको बैठक सकारात्मक छ । एमाले र माओवादीबाट एक÷एक जना मन्त्री फिर्ता बोलाउने विषयमा सहमति नजिक पुगे पनि कुनै निष्कर्ष निष्केको छैन् ।
सरकारलाई समर्थन गरेका दलहरूलाई सरकारमा ल्याउने विषयमा सहमतिको बिन्दु खोज्नेतर्फ बैठक सकारात्मक भएको उनले बताए ।
स्रोतका अनुसार माओवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङ र एमालेबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फिर्ता बोलाउने तयारी छ । मन्त्री तामाङलाई फिर्ता बोलाएर श्रेष्ठलाई पर्यटन मन्त्री बनाउन प्रधानमन्त्री सकारात्मक देखिएका छन् ।
प्रधानमन्त्रीलाई रञ्जिता श्रेष्ठबाट लगातार दबाब आइरहेकोले पर्यटन मन्त्रालय दिने बचन दिएको र तामाङलाई केही न केही व्यवस्थापन गरिदिने बचन दिएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
माओवादी केन्द्रका एक वरिष्ठ नेताका अनुसार े पुराना सबै मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने विषयमा पार्टीभित्र बलियो मत भए पनि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई फिर्ता बोलाउने सम्भावना कम रहेको बताए ।
माओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूमध्ये पटकपटक अवसर पाएर पनि कार्यक्षमता देखाउन नसकेकोमा मन्त्री बस्नेतबारे पार्टीभित्र तीव्र असन्तुष्टि छ । ऊर्जामन्त्री भएर पनि कर्णालीलाईलाई अँध्यारोमा राखेको, भूकम्पपछिको पुनर्निर्माणमा कुनै चासो नदिएको आरोप उनीमाथि छ ।
यता एकता केन्द्रबाट माओवादीमा जोडिन आएका उपप्रधानमन्त्री श्रेष्ठ माओवादीमा सबैभन्दा बढी अवसर पाउने नेतामा पर्छन् । गएको निर्वाचनमा उपमहासचिव गिरिराजमणि पोखरेल पराजित भएपछि श्रेष्ठ लगातार मन्त्री बन्न सफल भएको चर्चा पार्टीभित्र हुने गरेको छ । श्रेष्ठ २०७६ मा राष्ट्रिय सभा सदस्यमा गण्डकी प्रदेशबाट निर्वाचित भएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments