कासिन न्यूज,
काठमाडौं ।
बाल्यकालदेखि देविकैरुपमा पुजिँदै आएकी कुमारी किशोर अवस्थामा आएपछि सामान्य जीवत बिताउनुपर्दाको क्षण कस्तो हुन्छ होला ? कुमारीपछिको सङ्घर्षपूर्ण जीवन नाटकमा प्रस्तुत गरिएको छ । कुमारी देवीको मनोभाव समेटिएको नाटक ‘अग्निच्क्षु’ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा दुई सातादेखि मञ्चन भइरहेको छ ।
नाटकको लेखन चन्द्रप्रसाद पाण्डेयले गरेका छन् भने निर्देशन एवं परिकल्पना झकेन विसीको रहेको छ । नाटकमा कुमारी इतिहाससँगै उनीहरुले भोग्नुपरेको सामाजिक सङ्घर्ष उजागर गर्न खोजिएको छ । बाल्यकालदेखि किशोरी अवस्थामा आउँदा मनोवैज्ञानिकरुपमा के–कस्ता असर पर्छन् ? यिनै भावलाई कलाकारले अभियनमा उतारेको कलाकार सङ्गीता उराँवले बताए ।
“एउटी युवतीले समाजमा थुप्रै भूमिका निर्वाह गर्नुपर्ने अवस्था यो नाटकका माध्यमबाट देखाउन खोजिएको छ”, उनले भनिन , “छोरीलाई देवी नै बनाए पनि विभिन्न हिंसाजन्य गतिविधिबाट पीडित हुँदै आएकी छन् । यसलाई चिर्न सङ्घर्ष गरिरहेको अवस्था पनि नाटकले देखाउन खोजेको अर्को महत्वपूर्ण पाटो हो ।”
नाटकका लेखक चन्द्र पाण्डेले काठमाडौँमा बाहिरबाट आएका मान्छेले कुमारीको इतिहास र पृष्ठभूमिबारे खासै थाहा नपाएको बताए ।
इतिहास खोतल्दा कुमारी एउटी शक्तिशाली, समर्पित र ऊर्जावान देवीको प्रतीक पाएको उनले बताए । “कुमारी संस्कृति युवा पुस्तामा बुझ्न र बुझाउन जरुरी छ”, उनले भने , “यस विषयमा नाटक लेख्दै गर्दा आधुनिक युवतीले कुमारी सङ्केत गर्दै भाग्नुपरेको वेदना पनि समेटेको छु ।”
नाटकमा कलाकार मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धीरज थापामगर, शान्ता प्रजापति, राजेन्द्र डङ्गोल, एअरिका चौलागाईं(बालकलाकार)ले अभिनय गरेका छन् । अनुप तिमिल्सिनाले सङ्गीत परिकल्पना तथा संयोजन गरेका छन् भने पूजा विश्वकर्मा, इन्द्रमान महर्जन, प्रतीक प्रजापति, ब्रोसिन ब्रोज महर्जनले नाटकमा प्रत्यक्ष सङ्गीत दिएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments