स्त्रीको चौसठ्ठी कलाको रुपमा लक्ष्मी माता

- जेष्ठ ३२, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

लक्ष्मी शब्दलाई सर्वप्रथम उल्लेख “ऋग्वेद“को पुरूषसूक्तमा भेटिन्छ। “श्रीश्च ते लक्ष्मीश्च ऊषाण।“ हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन । तंत्रागमका अनुसार सर्वोत्तम अवस्थामा विष्णु र उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन। विष्णु र लक्ष्मी एक–आपसमा अभिन्न छन्।

केवल सृष्टिको समयमा भिन्न देखिन्छन्। लक्ष्मीलाई स्त्रीको चौसठ्ठि कला मानिएको छ। चौसठ्ठि कला युक्त महिलालाई लक्ष्मी पनि भनिन्छ । सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर