अभ्यासमा जुटे लेग स्पिनर लामिछाने : नेपालले शनिबार दक्षिण अफ्रिकासँग पहिलो पटक खेल्दै
- जेष्ठ ३२, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल र अमेरिकाको कानूनलाई झेल्दै अमेरिकामा आइसिसी टि २० विश्वकपमा सहभागी हुन् पुगेका लेग स्पिनर सन्दिप लामिछानेले दक्षिण अफ्रिका सँग शनिवार हुने खेलको अभ्यास थालेका छन् ।
नेपालस्थित अमेरिकी दुतावासले लामिछानेलाई भिसा उपलब्ध नगराएपछि केही दिनको माथापिच्छी पछि उनले खेलमा सहभागी हुने मौका पाए । अब नेपालले खेल्ने अन्तिम २ खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई क्यानाडा हुँदै सेन्ट भिन्सेन्ट पठाएको छ।
२ खेलमा राम्रो खेलेर अघि बढ्ने सम्भावना रहेको नेपालले शनिबार दक्षिण अफ्रिकासँग पहिलो पटक खेल्दैछ । बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालत पाटनले गत महिना सफाई दिएपछि क्यानले निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप टोलीमा समावेश गरेको थियो।
प्रतिश जिसीलाई हटाउँदै उनको ठाँउमा सन्दीपलाई १४ मा राखिएको छ। उनी दक्षिण अफ्रिकाको प्लेइङ ११ मा पर्ने सम्भावना छ। नेपालले सुपर ८ पुग्नका लागि अन्तिम २ खेल जित्नै पर्ने हुन्छ।
सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिका बीच जुन शुक्रबार (नेपाली समय अनुसार शनिबार बिहान ५ः१५ बजे) र नेपाल र बंगलादेशबीच आइतबार (नेपाली समय अनुसार सोमबार बिहान ५ः१५ ) हुने तालिका छ।
आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। समूहबाट ६ अंकसहित दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। बंगलादेशको ४ अंक छ। नेदरल्याण्ड्स २ अंक तथा नेपाल १ अंक छ । १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments