नेपाल प्रहरीको ड्रिम प्रोजेक्ट एमपिएसलाई आईजिपि कुँवर नेतृत्वको पिसिसीले दियो सञ्चालन स्वीकृत
- जेष्ठ ३२, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक(आईजिपि) बसन्त बहादुर कुँवरको सक्रियतामा नेपाल प्रहरीले आफनो कार्यक्षमतालाई चुस्त राख्नको लागि धेरै प्रयास पछि अहिले आएर स्टाफ कलेजको सुरुवात गर्ने भएको छ ।
आईजिपि कुँवर नेतृत्वको नीति समन्वय समिति (पिसिसी)ले कार्यदलले पेश गरेको प्रतिवेदनलाई स्वीकृत गरि यही असार देखी स्टाफ कलेजलाई कार्यान्वयनमा लैजाने भएको छ ।
कार्यदलका संयोजक रुपमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) उमेशराज जोशी नेतृत्वले आइजिपि कुँवर नेतृत्वको पिसिसीलाई प्रतिवेदन पेश गरेको थियो । समितिले प्रस्ताव स्वीकृत गरेपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले कार्यान्वयनको तयारी अघि बढाइसकेको छ ।
कार्यदलले समन्वय समितिको बैठकमा आएका सुझावलाई समेत समेटेर केही दिनभित्रै प्रतिवेदन बुझाउँदै छ । प्रतिवेदनमा असारभित्रै पुलिस साइन्स संकाय स्थापना गर्ने उल्लेख छ । मास्टर इन पुलिस साइन्स(एमपिएस) कोर्सका रूपमा स्टाफ कलेज लागू हुन लागेको हो ।
पिसिसी बैठकमा यससम्बन्धि प्रस्ताव पेस भइसकेको र केही दिनभित्रै अन्तिम प्रतिवेदन बुझाइने जानकारी एक प्रहरी अधिकृतले दिए । प्रतिवेदनमा अहिले केही सामान्य काम बाँकी छन्, छिट्टै यसलाई कार्यान्वयनमा लैजाने उद्देश्य राखिएको छ । आईजिपि कुँवरले जेठभित्रै प्रतिवेदनको अन्तिम टुंगो लगाउन निर्देशन दिएकाले शुक्रबार नै प्रतिवेदन पेस भई असारदेखि कार्यान्वयनमा जाने सम्भावना छ ।
उता प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका एआइजी सुदीप गिरी एमपिएस कार्यान्वयनलाई पहिलो प्राथमिकतामा बताए । ‘एमपिएस नेपाल प्रहरीको ड्रिम प्रोजेक्ट हो,’ उनी भन्छन्, ‘पाठ्यक्रमसमेत स्वीकृत भइसकेको छ, केही तयारी बाँकी छ, प्रहरी प्रधान कार्यालयबाट प्रतिवेदन आएलगत्तै यसको कार्यान्वयन अघि बढ्नेछ ।’ डिआइजी संकायको प्रमुखका रूपमा तोकेर कार्यान्वयनमा लैजाने र आगामी भदौदेखि नै प्रवेश परीक्षाको तयारी गर्ने प्रतिष्ठानको लक्ष्य छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments