साउदीको एसीले निम्त्याएको कठिनाई : नक्कली हाँसो हाँस्न बाध्य वैदेशिक रोजगार व्यवसायी

- जेष्ठ ३२, २०८१ मा प्रकाशित


असार १, काठमाडौं ।
नेपाल देश एक त गरिब त्यसमाथि बेरोजगारीले भरिएको मुलुक । अनि यही गरिबी र बेरोजगारीलाई भजाएर खाने समूहहरुको हालिमुहाली । यसैमा हालिमुहाली गर्नेहरु अहिले ठूला ठूला निकायहरुमा पुगेका छन् ।
देशमा चम्केको बेरोजगारीलाई मत्थर गर्ने तर्फ यसलाई खानेहरुको ध्यान कहिले गएन । बिहिबार एक अनलाइनको समाचारले निकै चर्चा पायो वैदेशिक रोजगार व्यवसायी बिच ।

समाचार थियो काठमाडौंको बसुन्धारास्थित म्यानपावर कम्पनी अल ताज इन्टरनेसनल प्रालिको जसले नौ महिनाअघि १ असोज ०८० मा सात नेपालीलाई रोजगारीको लागि साउदी अरब उडायो । सात नेपालीहरु उडेको नौ महिना भै सकेको छ ।
नौ महिना सम्म केही नबोल्ने र काम पाउन्जेल फटाफट काम गर्ने नेपाली युवाहरुको बानी नै हो । आफूलाई समस्या परेपछि परेको समस्याको दोष अरुलाई दिने चलन बिदेशीएका युवाहरुमा घनिभूत ढंगले लागू छ ।

यही मौकाको खोजीमा रहेका थिए ती सात युवा जो अहिले साउदीमा छन् । नौ महिना पछि आएर एक व्यवसायिक संस्थालाई आरोप प्रत्यारोप लगाएर वैदेशीक रोजगार व्यवसायको धज्जी उडाउन कम्मर कसेर लागेका छन् ती युवाहरु ।

आखिर उनीहरुले गर्नै के सक्थे र किनकी समय निकै टाढा भै सकेको थियो । नौ महिना सम्म सेटलमेन्ट हुन् सकिन भनेर पुकार गर्नु एक युवाको लागि आफैमा लज्जास्पद बिषय थियो । त्यसैले उनीहरु एकतर्फी आफनो कमजोरी लुकाएर दोष जति व्यवसायीको थाप्लोमा हाल्ने कार्यमा प्रयासरत छन् ।
भने उता वैदेशीक रोजगारमा गएका युवाहरुको हकहितको लागि लड्ने नेपाल सरकार र यसका सम्वन्धित निकाय साउदीको कार्यालय भित्र एसीको सित्तल ताप्न मग्न छन् । युवाहरुलाई फ्रि टिकट र फ्रि भिषाको लालीपप खुवाएर पानी माथिको ओभानो बनेर व्यवसायीहरुलाई तनाव दिन नेपाल सरकार र यसका सम्वन्धित निकाय कम्मर कसेर लागेका छन् । उता नेपाल सरकारलाई २ करोड धरौटी दिएर व्यसायमा लागेका व्यवसायीहरु हरेक दिन यस्ता युवकहरुको प्रताडन सहँदै छन् ।

त्यसैमा अहिले म्यानपावर व्यवसायीहरुलाई पनि माथ गर्ने गरि फस्ट्याएका विभिन्न नामका कन्सल्टेन्सिहरुले उच्च शिक्षाको लागी बिदेश पठाउने भन्दा पनि वर्किङ भिषाको नाममा ठगी धन्दा चलाउन थालेका छन् । यस्ता कन्सल्टेन्सिहरुलाई मापन गर्ने तिर भने अहिले सम्म सरकारको आँखा गएकोे छैन् ।

तर सरल रुपमा आफनो कार्य गरेर देशमा देखीएको बेरोजगारीलाई मत्थर गर्र्न सरकारलाई सघाइ रहेका म्यानपावर व्यवसायीहरुलाई बिभिन्न कानून लगाएर च्याप्ने र दुःख दिने कार्यमा सरकार र यसका सम्वन्धित निकायहरु मस्त रुपले लागेका छन् ।
सरकारको ध्यान वैदेशिक रोजगारी तथा भिजिट भिषामा विभिन्न देश पठाइदिन्छु भन्दै ठग्नेहरु भन्दा पनि कानूनी रुपमा वैदेशिक रोजगारको लागि बिदेश पठाउने व्यवसायीहरु सरकारको कोपभाजनमा परे पनि बाहिर भने नक्कली हाँसो हास्न बाध्य छन् ।

What’s your Reaction?
+1
3
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर