प्रधानमन्त्री दाहालले संसदलाई बिर्सनुभयो जस्तो छ : प्रमुख सचेतक लेखक
- जेष्ठ ३२, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्री विदेश जाँदा समेत सदनलाई जानकारी गराउनुपर्ने संसदीय परम्परा रहेको बताए ।
प्रधानमन्त्री दाहालले पाँच दिन अघि भारत भ्रमण गरेका थिए । उक्त भ्रमणबारे आगामी बैठकमा जानकारी गराइनुपर्ने भनाई प्रमुख सचेतक लेखकको छ ।
।प्रधानमन्त्रीले यही संसदलाई बिर्सनुभयो कि ! प्रधानमन्त्री कुनै पनि भ्रमणमा जाँदा जानु अगाडि जानकारी गराउने परम्परा छ । एक हप्ता पहिले जानुभएको हो । फर्किएर आएको पनि पाँच दिन भयो । हामी कुरेर बसेका थियौं, प्रधानमन्त्रीले जानकारी गराउनु भएन’ लेखकले भने ।
साथै, राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणका बारेमा समेत सरकारले जानकारी गराउनुपर्ने कांग्रेसको माग छ ।
‘प्रधानमन्त्री यो सदनको नेता हो । हामीले उहाँ भ्रमणमा गएको पत्रिका पढेर थाहा पाउनुपर्ने ? यो दुर्भाग्य हो कि सौभाग्य हो । राष्ट्रपति बाहिर जानुभएको छ । यो पनि हामीले पत्रिका पढेरै थाहा पाउनुपर्ने हो ?’ उनले प्रश्न गरे । प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणका सम्बन्धमा सभामुख देवराज घिमिरेले रुलिङ गर्नुपर्ने समेत कांग्रेसका प्रमुख सचेतक लेखकले माग गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments