सेवा भन्दा ग्राहक लुट्ने मनसाय : अफराइडरहरुको मनोमानीले बिगारेको पठाउ सेवा

- असार १, २०८१ मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

एक महिला सँग पठाउको चालकले गरेको वार्तालाप
ति महिला यतिकै पठाओ बुक के गर्दै थिइन ।
छेउमै मोटरसाइकालमा बसेका पठाउ राइडर घरि घरि सोधी रहेका थिए जानु हुन्छ भने अफराइडमा लगिदिन्छु । मिलाएर दिनुहोला ।
ति महिला भन्दै थिइन ‘बुक गरिरहेको छु ?’
‘हजुर हो।’
‘कता जाने हो नि तपाईं ?
‘जोरपाटी नजिक शिवचोक हो। यति धेरै राइडरहरू जाने हो भनेर यहाँ सोध्न आउँछन् तर कुनै पनि राइडरले एसेप्ट गरिरहेको छैनन्।’
‘हिँड्नु न त म लगिदिन्छु।’
‘तर म त अनलाइनमा मात्रै जाने हो।’
‘त्यति नै पैसा दिनुस् न त के भो र !’
‘कुरा पैसाको मात्रै होइन दाइ, म अनलाइनमा मात्रै जाने हो।’
‘तपाईंको कसैले पनि एसेप्ट गर्दैनन् नि अहिले त।

अहिले पठाउ राइडरहरूको जमाना छ । ट्याक्सी चालकहरु झक मारेर बसेका छन् भने पठाउका राइडरहरुलाई भ्याई नभ्याई छ । तर जति भ्याई नभ्याई भएपनि पठाउ मार्फत ठग्ने कार्य भने रोकिएको छैन ।
राजधानीमा पठाउ आएको पनि लगभग पाँच वर्ष बढि भै सकेको छ । सुरुवाती दिनमा जुन सेवा पठाउका चालकहरुले दिन्थे अहिले त्यसले आकाश जमिनको फरक पर्न थालेको छ । राम्रो आम्दानीको स्रोत भएपनि यसमा बढेको बेथीतिले गर्दा अहिले पठाउका ग्राहकहरु दिक्क मान्न थालेका छन् ।
देशले प्राविधिक माहोललाई पच्छ्याउँदै गएको बखतमा सवारी साधनमा प्रविधिको प्रयोग गरेर सर्व सुलभ सुविधा दिने भन्दै प्रचलनमा ल्याइएको पठाउ सेवा अहिले बदनामीको बाटो जाँदै गरेको छ । त्यसैले यो सेवाको निगरानी गरिरहेको सरकारको सम्वन्धित निकायले ध्यान नदिने पठाउको दादागिरी चलिरहन्छ ।
राजधानीका सवारी साधनहरुको भरपर्दो माध्यम बनेको भन्दै जसरी पठाउको बयान गरिन्थ्यो । सेवाको एक दशक पनि बित्न नपाउँदै पठाउले आफनो रंग देखाउन थालेको पठाउका सेवाग्राहीहरु बताउन थालेका छन् ।
अहिले पठाउका राइडरहरु कसरी ग्राहकलाई सेवा सुविधा दिने भन्दा पनि कसरी डबलभन्दा बढी पैसामा बार्गेनिङ गर्ने कुरामा ध्यान केन्द्रित गर्न थालेका छन् ।

किन एसेप्ट गर्दैन भनेर ति राइडर डिसकस गर्नु भन्दा घर जाने हतारोले थलिएकी ति महिलाले गौशलाबाट २ सय रुपैँया तिरेर पठाउ प्रयोग गरिन ।
तर गौशला देखी जोरपाटी नजिक शिवचोक सम्म गन्तब्यको लाथि १ सय २० दिनको समयमा र २ सय रातको समयमा पर्न आउँछ । हेर्दा हेर्दै दिउँसै पठाउ राइडरले ति महिलालाई ठग्यो ।

उता कासिन न्यूजले पठाउको कार्यालमा टेलिफोन गर्दा सम्वन्धित निकायले भरपर्दो जवाफ दिएन । अहिले पठाउ अनुरोत्तरदायी संस्था बनेको कुरा यो जवाफले प्रष्ट गर्छ ।
तर आम मानिस बोल्न सक्ने अवस्थामा छैन । बिगतमा सुलभ र सजिलो भनेर जसरी बजारमा हल्ला फैलाइएको थियो पठाउको बारेमा । अवस्था अहिले त्यस्तो छैन् । सवारी साधनको प्रयोग गरेर प्रविधिमय माध्यमले ठग्ने ठूलो कला बनेको छ अहिले पठाउ ।
उता महानगरिय ट्राफिक कार्यालयले वाच गरिरहेको बताए पनि सडक व्यवस्थितको लागि बसेका ट्राफिक पठाउको बारेमा पूर्ण ज्ञान भएपनि मुकदशक भएर बसेको पाइन्छ भने उता पठाउका ग्राहक भने आफू लुटिएको थाहा हुँदाहुँदै चुप लागेर बस्नु बाहेक केही छैन भन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Comments

सम्बन्धित खवर