कासिन न्यूज
काठमाडौं ।
१० खेलाडीमा समेटिएको स्कटल्यान्डविरुद्ध जर्मनीको सानदार जितमा पाँच खेलाडी फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले गोल गरे । स्कटल्यान्डले एक गोल उपहार पायो ।
उपाधि दावेदार तथा आयोजक जर्मनीले युरो कप २०२४ को सानदार सुरुवात गरेको छ । स्कटल्यान्डलाई ५–१ ले पराजित गर्दै जर्मनीले सानदार सुरुवात गरेको हो ।
फुबबल एरिना म्युनिखमा शुक्रबार राति भएको खेलको १०औं मिनेटमा फ्लोरिएन रिट्जको गोलबाट जर्मनीले गोलको खाता खुलायो । यसमा योसुवा किम्मिखले सहयोग गरे । १९औं मिनेटमा काईको पासमा मुसिएलाले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे ।
२५औं मिनेटमा जर्मनीले पेनाल्टीको पाएपनि भिएआरले पेनाल्टी खारेज गरिदिदा जर्मनीले गोल अन्तर थप बढाउन पाए । तर, ४४औं मिनेटमा स्कटल्यान्ड १० खेलाडीमा समेटिन पुग्यो ।
नाल्टी बक्समा इल्केए गुन्डोगानलाई खराव ट्याकल गरेपछि रेफ्रीले रायन पोर्टेअस सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिर पठाए । त्यसमै प्राप्त पेनाल्टीमा काईले गोल गरेपछि जर्मनीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता कायम गर्यो ।
६८औं मिनेटमा परिवर्तित खेलाडी निकोलस फुलक्रगले गोल गरेपछि जर्मनी खेलमा ४–० ले अघि बढ्यो । काईको स्थानमा ६३औं मिनेटमा मैदान छिरेका उनले मैदान छिरेको पाँच मिनेट भित्रै गोल गर्न सफल भएका हुन् ।
७६औं मिनेटमा फुलक्रगले अर्काे गोल गरेपनि अफसाइड हुँदा भिएआरबाट मान्यता पाएन । ८७औं मिनेटमा एन्टेनियो रुडिगरले आत्मघाती गोल गरेपछि खेल ४–१ को स्थितिमा पुग्यो ।
तर, इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अर्का परिवर्तित खेलाडी एम्री क्यानले गोल गर्दै जर्मनीलाई ५–१ को सानदार जित दिलाए । एम्री ८०औ मिनेटमा टोनी क्रुसको स्थानमा मैदान छिरेका थिए ।
यस जितसँगै जर्मनीले समूह ‘ए’ मा ३ अंक बटुलेको छ । अब जर्मनीले दोस्रो खेलमा हंगेरीसँग तथा स्कटल्यान्डले स्वीट्जरल्यान्डसँग खेल्नेछ ।
युरो कपमा आज राति हंगेरी र स्वीट्जरल्यान्ड, स्पेन र क्रोएसिया तथा इटाली र अल्वानियाबीच प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments