स्वर्ग लोक (धर्तीका दोषहरु रहित क्षेत्र) अग्नीका देव सूर्य(मन्त्र सहित)
- असार २, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सूर्य सनातन धर्म दर्शनका प्रमुख देवताहरू मध्ये एक हुन जस्लाइ स्वर्ग लोक (धर्तीका दोषहरु रहित क्षेत्र) का अग्नी पनि बताइन्छ ।अधिकांश अन्य देवताहरु सुक्ष्म हुँने हुँदा चिन्न र उपासना गर्न सहज नहुँने भएतापनि सुर्य प्रत्यक्ष देवता हुँनाले धेरैले सहजै उपासना गर्न सक्दछन । सुर्यलाइ शिव का तिन नेत्र मध्ये एक मानिन्छ । पृथ्वी देखी असंख्य योजन पर यहाँको गतीबीधी र क्रीयाकलापले केही असर नगर्ने,सबैबाट स्वतन्त्र आफ्नै नियम र गतीमा नीरन्तर अवीराम यज्ञ गर्ने अर्थात प्रकाश,ताप,उर्जा उत्सर्जनको आफ्नो काम गर्ने सूर्य प्रती आदार भावले दीइएको व्यक्तीत्वलाइ नै सूर्य देव अथवा सूर्य देवता भनिन्छ । शास्त्र पढ्न नसक्ने वा पढ्न रुची नहुँनेले हेरेर नै सूर्यबारे जानुन भनी सूर्यका चीत्र वा बीग्रह रूप मुर्ती बनाइन्छ । सूर्यका चित्र र मुर्तीको गहन अध्ययनबाट सूर्यका गुण,काम,स्वभाव आदी कुराहरु, प्रतीकात्मकता बुझ्रन सक्ने जो कोहीले अक्षर को ज्ञान बीनै जान्न सक्दछ । सूर्यको पूजा गरिने प्रमूख चाड छठ तथा मकर सक्रान्ति हो।
आकृती (चित्र,मुर्ति) विवेचना
मानवाकार अस्तित्व÷व्यक्तित्व चिन्नेका लागि एक व्यक्ति सरह सूर्यलाइ आँफु अनुकुल बनाउँन सकिन्छ
सात घोडा संख्या र गति नीरन्तर गतीमान सूर्यका सात थरी कीरण
रथ गति आसन सूर्य आफ्ना कीरणरुपी घोडाले कुदाउँने रथमा पृथ्वी सम्म आउँछन,त्यसरी नै ब्रमाण्डभरी बीचरण गर्छन
नीलो पृष्ठभुँमी आकाश ब्रमाण्ड,अन्तरीक्ष,द्युलोक
सूर्यको मन्त्र
सूर्यलाई नमस्कार गर्दा भनिने १२ मन्त्रहरू ः
ॐ मित्राय नम
ॐ रवये नमः
ॐ सूर्याय नमः
ॐ भानवे नमः
ॐ खगाय नमः
ॐ पुष्णे नमः
ॐ हिरण्यगर्भाय नमः
ॐ मारिचाये नमः
ॐ आदित्याय नमः
ॐ सावित्रे नमः
ॐ अर्काय नमः
ॐ भास्कराय नमः
ऋग्वेद,को ३५ अध्यायमा उल्लेख गरिएको सुर्य मन्त्रः
आ कृष्णेन् रजसा वर्तमानो निवेशयन्न अमृतं मर्त्यं च ।
हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन ।।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments