हैसियत बिर्सिएकी ज्वाला : काग्रेस महामन्त्री थापालाई बदनाम गराउन जुटेको गृहमन्त्री लामिछनेको संचार समूह
- असार २, २०८१ मा प्रकाशित
सुधीर नेपाल ।
अहिले देशमा कांग्रेस महामन्त्री एवं पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाको हैसियत माथि उछिटोकाढ्नेहरु निकै तामझामका साथ लागेका छन् । उपप्रधान एवं गृहमन्त्रीकी श्रीमति निकिता पौडेल(लामिछाने)को नारी टेलिभिजन महामन्त्री थापाको बदनाम गराउन निकै दरिलो रुपले लागेको छ । उक्त टेलिभिजनकी कार्यक्रम प्रस्तोत एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि केन्द्रिय सदस्य ज्वाला संग्रौलाको मूख्य ध्यय भनेको नै महामन्त्री थापालाई बदनाम गराउनु हो ।
बिना तुक आधारबिहिन कुराहरुलाई प्रमाणको पगरीमा गुथेर समाजका केही व्यक्तिहरु जसलाई महामन्त्री थापाको राजनीति क्यारियरको बारेमा केही ज्ञान नै छैन त्यस्ता व्यक्तिहरुलाई टेलिभिजनको पर्र्दामा उतारेर ज्वाला महामन्त्री थापालाई बदनाम गराउन लागी परेकी छिन् ।अहिले देखीएको गृहमन्त्री रवि र महामन्त्री थापा बिचको जुहारीलाई नारी टेलिभिजन मार्फत जसरी ज्वालाले उछालिरहेकी छिन् । त्यसमा कुनै तुक छैन् ।
जसरी महामन्त्री थापा माथि १४ करोडको भष्ट्राचारको आरोप, कृषि क्षेत्रमा देखीएको महामन्त्री थापाको बेआधारको कुराहरुलाई नारी टेलिभिजनकी प्रस्तोता ज्वाला अतिरञ्ति ढंगले जसरी प्रस्तुत गर्दै छिन भनेको आधार बिहिन मात्र हो ।
खाली महामन्त्री थापालाई बदनाम गराउने ज्वालाको चालबाजी मात्र हो । महामन्त्री थापाको बिगतको राजनीतिक अवस्थालाई नबुझ्ने समाजमा म जस्तोे कोही छैनन् भन्ने बहुलठ्ठीहरुलाई टेलिभिजनको पर्दामा उतारेर महामन्त्री थापाको बदनाम गराउन भरमग्दुर लागेकी ज्वालाले आफनो बिगतको बारेमा एकपटक सोच्नु पर्छ ।
तर राजनीतिमा यी बाहिर भन्ने कुरा मात्र हो । यति भनेर चुप बस्नु भने हुँदैन । किनभने अहिले व्याप्त रुपमा बढेको तस्करी देखी भष्ट्राचारका काण्डहरुले देशको अवस्थालाई कहाँ पुर्याउँदै छ । त्यसमा जहिले पनि दरिलो आवाज उठाउने गरेका छन् महामन्त्री थापाले ।
अहिले देशका हरेक नसाहरु सुक्न थालेका छन् । कुनै दिन यी नसाहरु साच्चै सुकेर देश नै सिद्धिने अवस्था नआउला भन्न सकिदैन् । तर नसाहरुलाई सुकेर जान नदिन महामन्त्री थापाले आफनो सम्पूर्ण लगानी लगाएका छन् । यस्ता कुराहरुमा अध्धयन गर्ने फुर्सद ज्वाललाई छैन । किनकी उनको अहिलेको सुँगा रटाई भनेको जसरी पनि महामन्त्री थापाको बदनाम गराउनु मात्र हो । उपप्रधान एवं गृहमन्त्री लामिछाने आडमा महामन्त्री थापालाई बदनाम गराउनु लागि परेकी ज्वाला आफूले खनेको खाल्डोमा आफै नर्पलीन भन्न सकिंदैन ।
कुनै व्यक्तिको चारित्रिक हत्या गर्नु अगाडी आफूमा त्यो व्यक्तिको बारेमा अध्धयन गर्नु जरुरी देखीन्छ । ज्वालमा त्यो क्षमता छैन । टेलिभिजन समाजका मै हुँ भन्ने केही धतुरेहरुलाई बोलाएर उनीहरुले बोलेको आधारमा महामन्त्री थापाको बदनाम गर्नु भनेको ज्वालाको पत्रकारीता जीवनको कठोर यात्राको थालनी पनि हो ।
यदी ज्वालामा साच्चै आँट छ भने महामन्त्री थापाको भष्ट्राचारको फाइल सम्वन्धि निकायमा पेश गर्न सक्नुपथ्र्यो । तर उनमा त्यो क्षमता पनि छैन् । किनभने अहिले देशमा देखीएको आर्थिक अभाव, व्यापारमा आएको चौपट, अराजक राजनीतिक माहोल देखी विभिन्न कुराहरुले देशको माहोललाई कता तर्फ मोड्दै छ भन्दै देशको बिन्नि भागमा गएर चिन्ता व्यक्त गर्ने महामन्त्री थापालाई बदनाम गराउने नारी टेलिभिजन र यसकी प्रस्तोता ज्वालाले यसको मूल्य चुकाउने समय अब धेरै छैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments