विपनामा छुरी हान्दा छोरालाई केही नभई भेडा मरेपछि घटनाको सम्झनास्वरूप मनाउन थालिएको पर्व
- असार ३, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बकरी ईद (ईद अल अधा) आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानी (बलिदान)को सम्झना स्वरूप मनाइने पर्व हो । यही दिन देखि हिजारी संवतको नयाँ वर्षको सुरूवात हुनेगर्दछ । नेपाल सरकारले बकरी इदको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।
बिहान सबैरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोका बाँधिएर एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि बोका, खसी, बाख्रा, राँगा, र भैंसीको वलि दिने परम्परा छ । बलि दिइएको पशुको मासु तीन भाग लगाइन्छ ।
त्यसमध्ये एक भाग आफू खाने, एक भाग आफ्ना नजीकका मित्रलाई र एक भाग गरीब तथा असहायलाई दिने गरिन्छ ।पारिवारिक भोज, मिठाई खाने तथा बाँड्ने, नयाँ वस्त्र लगाउने, बालबच्चाहरूलाई पैसा तथा उपहार दिने
मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैंले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई भेडा मरेपछि सोही घटनाको सम्झनास्वरूप यो पर्व मनाउन थालिएको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments