लेग स्पिनर लामिछानेको मन दुखाई : खेल आफ्नो पक्षमा पार्न नसक्दा आफ्नो विकेट व्यर्थ भएको महसुस

- असार ४, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेशविरुद्ध २ विकेट लिँदै करिअरमा १ सय विकेट पूरा गरे । उनले ५४ खेलमा यो उपलब्धि पूरा गरेका हुन् । ५३ खेलमा १ सय विकेट लिएका अफगानिस्तानका राशिद खानपछि सर्वाधिक छिटो १ सय विकेट पुर्याउने लामिछाने दोस्रो स्थानमा रहे ।
उनले १४ औं ओभरमा तन्जिम हसन शाकिबलाई बोल्ड गर्दै पहिलो विकेट लिए । त्यसपछि १६ औं ओभरमा जाकेर अलीलाई बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरेका थिए । खेलपछि बोल्दै लामिछानेले टोली हार्दा आफ्नो कीर्तिमानको खासै महत्त्व नरहेको बताए ।
मैदानमा फर्कन पाउँदा एकदम राम्रो लाग्यो । दुई महत्त्वपूर्ण विकेट हात पार्दा हामी बलियो स्थितिमा थियौं । तर खेल आफ्नो पक्षमा आउन नसक्दा भने आफ्नो विकेट पनि व्यर्थ भएजस्तो महसुस भएको छ । हाम्रो ब्याटिङ हेर्दा निकै दुख लागेको छ र आज जित्नुपर्ने खेल थियो ।’
‘अघिल्लो खेलमा दक्षिण अफ्रीकाविरुद्ध १ सय १६ रन पछ्याउदा पनि मात्र १ रनले हार्यौं । आज पनि हामीले सहज रुपमा लक्ष्य पूरा गर्नुपर्ने थियो । टेस्ट राष्ट्रसँग खेल्दा हामीले उनीहरुको वरीयता भन्दापनि लगातार यी टोलीसँग खेल्न पाएको अवसर सदुपयोग गर्नुपर्छ ।’

‘हामीले उनीहरुलाई नहराएसम्म लगातर खेल्न पाइदैन । सबैजना दुखि छौं । नेपालमा रहेका समर्थक पनि हाम्रो प्रदर्शनमा खुसी हुनुहुन्न । हामीले यसलाई मनदेखि लिएर आउने दिनमा यस्तो अवसर आए सदुपयोग गर्ने प्रण गर्नेछौं ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर