“रिङ्स अफ फायर” प्रतिवेदन : गर्मीका कारण खेलका क्रममा प्रतिस्पर्धीहरु बेहोस हुने र ज्यान समेत गुमाउन सक्ने

- असार ४, २०८१ मा प्रकाशित


कासिन न्यूज,
पेरिस ।

जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ।
गैरनाफामूलक क्लाइमेट सेन्ट्रल, बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका शिक्षाविद् र ११ जना ओलम्पियन्सबिचको सहकार्यमा तयार भएको “रिङ्स अफ फायर“ प्रतिवेदनले बढ्दो तापक्रमका कारण पेरिसको अवस्था सन् २०२१ मा टोकियोमा भएको भन्दा खराब हुन सक्ने बताएको छ।
प्रतिवेदनमा सन् २०२४ को जुलाई–अगस्ट मा हुने पेरिस ओलम्पिकमा तीव्र गर्मीका कारण खेलका क्रममा प्रतिस्पर्धीहरु बेहोस हुने र ज्यान समेत गुमाउन सक्ने जस्तो जटिल अवस्था हुनसक्ने चेतावनी दिइएको छ ।
“रिङ्स अफ फायर“ प्रतिवेदनले सामान्यतया उत्तरी गोलार्धको उचाइमा गर्मीको समयमा आयोजना हुने प्रतियोगिताहरू–जस्तै ओलम्पिक वा विश्वकप फुटबलका आयोजकहरूलाई आफ्नो तालिकामा पुनर्विचार गर्न आग्रह गर्दछ।

अध्ययनले गर्मीको जोखिमबाट बच्न पुनर्जलिकरण र शितलनका योजनाहरू पनि प्रदान गर्नुपर्ने तर्क गरेको छ।
जुलाई २६ देखि अगस्ट ११ सम्म चल्ने पेरिस ओलम्पिक फ्रान्सको राजधानीमा सामान्यतया सबैभन्दा गर्मी समयमा हुने तयारीमा रहेको छ ।
(रासस / एएफपी)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर