देवकी तथा वसुदेवका आठौँ सन्तानको रूपमा भगवान कृष्णको जन्म

- असार ५, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

देवकी महाभारत कालमा मथुराका राजा उग्रसेनका भाइ देवककी कन्या थिईन् । उनी भगवान श्रीकृष्ण र बलरामकी माता थिईन् । देवकीलाई अदितिको अवतार भनिएको छ । एक भनाईका अनुसार देवकीको पूर्जन्म पृष्णिका रूपमा भयो र त्यस जन्ममा उन विवाह राजा सुतपससँग भएको थियो ।
देवकी तथा वसुदेवका आठौँ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो। प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म जन्माष्टमी १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र उनी १८ फेब्रुअरी ३१०२ इसापूर्वसम्म धर्तीमा रहेका थिए । कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए।
मथुरा (वर्तमान समयमा मथुरा जिल्ला, उत्तर प्रदेश) यादवहरूको राजधानी रहेको थियो। देवकीको भाइ राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेलमा राखी आफूले राज्यसत्ता कब्जा गरेका थिए। एउटा भविष्यवाणीबाट डराएर उनले दुवै देवकी र उनको पतिलाई जेलभित्र कैद गरेर राखेका थिए। भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौँ सन्तानको हातबाट हुने भन्ने थियो। कंशले सुरूका छ सन्तानलाई मारेपछि देवकीले सातौँ सन्तानलाई गायब पारेकी थिइन्। (यथार्थमा देवकीले गोप्यरूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन् जो बलराम थिए।) आठौँ सन्तानको रूपमा कृष्णको जन्म भयो।
जन्मिने बित्तिकै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पु¥याउन लगाए, जहाँ कृष्ण आनन्दले आफ्नो काका कंशबाट टाढा रही बाँच्न सक्थे। वासुदेवले कृष्णलाई लिएर यमुना नदी तारी सकुशल गोकुल पु¥याए। त्यहाँ सबैजना सुतिरहेकोले वासुदेवले कसैलाई पत्तो नदिइकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए। कंशले त्यस अबोध बच्चालाई देवकीको आठौँ सन्तान ठानी ढुङ्गामा फालेका थिए।

तर उनी हावामा उडी योगमाया (विष्णुको सहायक)को रूपमा स्थानान्तरित भइन् र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भइन्। कृष्ण गोकुलमै आफ्ना दाइ बलरामसँग हुर्केका थिए। पछि उनी मथुरा फर्के र बलरामको सहायताले कंशको संहार गरे।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर