उत्तरी भेगमा सञ्चालित विद्यालयको शैक्षिक विकासका लागि ‘शिक्षा मेला–२०८१’
- असार ४, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
काठमाडौंको उत्तरी भेगमा सञ्चालित विद्यालयको शैक्षिक विकासका लागि ‘शिक्षा मेला–२०८१’ हुने भएको छ ।
उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन (एनप्याब्सन) को आयोजना तथा स्काइ भिजन फाउण्डेसनको संयोजनमा यही असार ७ गते शुक्रबार मेला आयोजना हुन लागेको हो ।
स्काइ भिजन फाउण्डेशनले मंगलबार यहाँ पत्रकार सम्मेलन गरी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको जनाएको छ । पत्रकार सम्मेलनमा फाउण्डेशनका सञ्चालक सुनिल भट्टराईले उत्तरी क्षेत्रमा सञ्चालित विद्यार्थीको शैक्षिक उन्नयनका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए ।
मेलामा काठमाडौँका दुई दर्जनभन्दा बढी उच्च शिक्षा अध्यापन गराइरहेका कलेजको सहभागिता रहने टोखा नगरपालिका हिसानका अध्यक्ष राजन अधिकारीले जानकारी दिए । लर्ड प्यालेस ग्रीनल्याण्डमा बिहान ११ बजेदेखि सुरु हुने मेलाको चार हजारभन्दा बढी विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले जनाएको छ ।
मेलामा गायिक रचना रिमाल, श्रीधर अधिकारी र हाँस्य कलाकार शेरबहादुर गुरुङलगायतको प्रस्तुतिसमेत रहने फाउण्डेनका सञ्चालक भट्टराईले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments