प्रहरी प्रमुखको च्याँखे दाउ थाप्दै एआजी ज्ञवाली : गृहमन्त्री लामिछानेको सपनालाई प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले पुरा हुन् नदिने संकेत

- असार ५, २०८१ मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

नेपालको प्रहरी प्रशासन भनेको चमत्कारको खेलो गर्ने एउटा भरपर्दो संगठन हो । जहाँ नेपाली राजनीतिज्ञहरुको छत्रछाँयामा चल्ने गरेको छ । हरेक पटक नेपाल प्रहरीको प्रमुखको लागि यो संगठनमा चलखेलले १ सय डिग्रीको तापक्रम मापन गरेको हुन्छ । यसपाली डिग्रीको मापनले आफनो गति बढाएन भने रोल अनुसार प्रहरी प्रमुख हुने सम्भावना थियो र त्यही नियमानुसार बसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक(आईजिपि) बने ।
तर सम्भावनालाई मात्र आधार मान्ने कुनै ठोस बातावरण भने छैन । नेपाल प्रहरी जहाँ जे पनि हुन सक्छ । सम्भावना र असम्भावनाको खेती जति खेर पनि हुन सक्छ ।
पछिल्लो समय कैलाश सिरोहियालाई पक्राउ गर्दा आईजिपि र गृहमन्त्रीबिच मनमुटाब भएको गृहका उच्च अधिकारीहरू बताउँछन् । आईजिपि कुँवरले थापाथलीस्थित कान्तिपुर मिडियाको कार्यालयमा सीआईबीको टोली परिचालन भएको थाहा पाएसँगै फिर्ता हुन आदेश गरे । कुँवरको भनाइ थियो, ‘प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्छ । तर आईजिपि कुँवरको आदेशलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले मानेन ।

राजनीति गर्नेहरूले आफू अनुकूल आईजीपी खोज्दा नेतृत्व परिवर्तनको चर्चा हुने एक पूर्वएआईजीले कासिन न्यूज सँगको कुराकानीमा बताए । उनले भने, ‘सङ्गठनभित्र पनि नेतृत्वमा पुग्ने इच्छा राख्छन्, त्यस्तोमा फेरबदलको चर्चा चलिरहन्छ ।’
फागुन २३ मा उपप्रधान एवं गृहमन्त्री नियुक्त भएका रवि लामिछानेले सुरुमै आईजिपि कुँवरलाई हटाउने प्रयास गरेका थिए । तर, उनी सफल भएनन् ।

नेपाल प्रहरीमा जो कोही पनि गृह मन्त्री भएर आएपछि आफू अनुकुलका उच्च प्रहरी अधिकृतलाई प्रहरी प्रमुखमा ल्याउने चलन पुरानो हो । गृहमन्त्री लामिछाने आईजिपि कुँवरलाई हटाएर श्यामलाल ज्ञवालीलाई ल्याउन चाहन्छन् ।
राजनीतिक नेतृत्व गर्नेहरूमा सिस्टम हैन, मैले भनेको मान्नुपर्छ’ भन्ने अहमका कारण प्रहरीमा आईजीपी हटाउने र नयाँ ल्याउने विषय उठ्ने गरेको छ । कर्मचारी नीति र नियममा चल्नुपर्छ तर, प्रश्न गर्न थालेपछि यस्तो अवस्था आउँछ ।’
आईजीपी फेरबदलको चर्चा प्रायः सबै नेतृत्वको कार्यकालमा हुन्छ । एउटै ब्याचका अधिकृतहरू आईजीपी र एआईजी हुँदा सहकर्मीलाई हटाउने र आफू नेतृत्वमा जाने चाहना राख्दा यस्तो अवस्था आउने गरेको छ ।
यहि लयमा अहिले उपप्रधान एवं गृहमन्त्री लामिछाने पनि हात धोएर लागेका छन् । तर लामिछानेको सपनालाई एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री ‘प्रचण्ड’ले पुरा हुन् दिएका छैनन ।
५६ वर्षे उमेर हदका कारण एआईजी ज्ञवाली भदौ २६ मा अनिवार्य अवकाशमा जानेछन् । त्यसअघि आईजीपी बनेमा उनले चैतसम्म नेतृत्व गर्न पाउँछन् । ज्ञवालीलाई प्रहरीको नेतृत्वमा ल्याउने हो भने नेपाल प्रहरी उच्च संरचना र प्रतिष्ठामा दाग लाग्ने प्रहरीका उच्च अधिकारीहरु नैै बताउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर