नेपाल फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले वृद्धि
- असार ५, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बुधवार नेप्से परिसूचकले आफनो अंकमा केही सुधार ल्याएको छ । परिसूचक २ दशमलव २७ अंकले बढेर २ हजार ७८ दशमलव ७६ को विन्दुमा पुगेको छ ।सामान्य अंक बजार बढ्दा लगानीकर्ताको आकर्षण भने वित्त समूहका कम्पनीको शेयरमा परेको छ । यस समूहको सूचक सबैभन्दा बढी २ दशमलव ६२ प्रतिशत वृद्धि भएको छ ।
सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ११ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १९ प्रतिशत वृद्धि भएको छ ।
बुधबार ३०८ धितोपत्रको ७२ लाख ९ हजार ७५७ कित्ता शेयर ४८ हजार ७०६ पटकमा रू. ३ अर्ब ४० करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये नेपाल फाइनान्स शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७२४ दशमलव २० पुगेको हो ।
शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा समाज लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ८८ प्रतिशत वृद्धि भएर रू. २ हजार ६४७ पुगेको छ ।
सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ८८ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४६० कायम भएको छ । त्यस्तै, कुमारी सबल योजनाको इकाई मूल्य ३ दशमलव ०६ प्रतिशत घटेर रू. ७ दशमलव ९१ मा झरेको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । कम्पनीको रू. २० करोड २३ लाख बराबरको कारोबार भएको हो । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको गोर्खाज फाइनान्सको रू. ९ करोड ६६ लाख बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी २ दशमलव ६२ प्रतिशत वृद्धि भएको छ भने व्यापार समूहको सूचक सबैभन्दा बढी १ दशमलव ३२ प्रतिशत घटेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments