कासिन न्यूज,
काठमाडौं ।
साताको चार दिन केही उत्साह जगाएको नेप्सेले बिहिबार भने निरास बनाएको छ । परिसूचक १० दशलमव ४४ अंक घटे सँगै परिसूचक २ हजार ६८ दशमलव ३१ विन्दुमा झरेको हो ।
अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन रू. ३ अर्ब ४० करोड बराबरको कारोबार भएकोमा बिहिबार रू. ३ अर्ब ८७ करोड बराबरको कारोबार भएको हो ।
मंगलवार करको हल्लाले प्रभावित भएको बजार बुधवारदेखि सम्हालिने संकेत देखिएको थियो । तर, बिहिबार अन्तिम प्रहरमा विक्रेता हाबी भएपछि बजार घटेको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७३ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७७ प्रतिशत घटेको छ ।
बिहिबार ३०६ धितोपत्रको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर ५३ हजार १७ पटकमा रू. ३ अर्ब ८७ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी कालिका लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशलमव ७१ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १६० पुगेको छ ।
शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा बाराही हाइड्रोपावर पब्लिक छ । कम्पनीको शेयर मूल्य ६ दशलमव ६३ प्रतिशत बढेर रू. ७२४ पुगेको छ ।
बिहीवार सबैभन्दा बढी कुथेली बुखरी स्मल हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव २८ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५४५ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छ । कम्पनीको शेयर मूल्य ५ दशलमव ४७ प्रतिशत घटेर रू. ९५० कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा माउण्टेन इनर्जी नेपालले ओगटेको छ । यस कम्पनीको रू. १७ करोड १४ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०९ दशमलव ९० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रू. १५ करोड ७४ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव ८२ प्रतिशत वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा ब९ी शून्य दशमलव ९२ प्रतिशत घटेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments