उद्घाटन खेलमा साविक विजेता अर्जेन्टिना द्धारा क्यानडा २–० ले पराजित
- असार ७, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २–० को जित हासिल गरेको छ ।
अर्जेन्टिनाका लागि स्ट्राइकरद्वय जुलियन अल्भारेज र लौतारो मार्टिनेजले समान १–१ गोल गरे । पहिलो हाफमा खेलमा नियन्त्रण काम भएतापनि दोस्रो हाफमा अर्जेन्टिनाले सुधारिएको प्रदर्शन गरेको थियो ।
त्यसको फलस्वरूप ४९औं मिनेटमा अर्जेन्टिनाले अग्रता लियो । लियोनेल मेस्सीको पासमा एलेक्सिस मक यालिस्टरको बल नियन्त्रणलाई क्यानडियन गोलरक्षकलाई बिट गरेपछि अल्भारेजले गोल गर्दै अग्रता दिलाएका थिए ।
अग्रता लिएपछि अर्जेन्टिनाले थुप्रै मौकाहरुको फाइदा उठाउन सकेन । स्टार खेलाडी लियोनेल मेस्सी नै दुई वान–अन–वान अवसरमा चुके । तर अन्ततः ८८औं मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल गर्यो । मेस्सीको सुन्दर पासमा लौतारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरे । अर्जेन्टिना रहेको समूह ए मा क्यानडा सहित पेरू र चिली रहेका छन् ।
एजेन्सीको सहयोगमा
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments