कासिन न्यूज,
काठमाडौं ।
इटाली माथि जित हात पार्दै स्पेन यूरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न खेलमा स्पेनले इटाली माथि १–० को जित निकालेको हो ।
स्पेनको एकमात्र गोल दोस्रो हाफको सुरुवातमा आत्मघाती गोल रूपमा आएको थियो । खेलको ५५औं मिनेटमा निको विलियम्सको क्रसमा इटालियन डिफेन्डर रिकार्डो कालाफियोरीलाई लागेर बल आफ्नै जालीमा पुगेपछि स्पेनले गोल गरेको थियो । सोही गोल जितका लागि पर्याप्त बन्यो ।
समूह बी मा पहिलो खेलमा स्पेनले क्रोएसिया माथि ३–० को जित हात पारेको थियो । स्पेनको २ खेलमा ६ अंक भएको छ । इटाली २ खेलमा ३ अंक सहित दोस्रो स्थानमा छ ।
अल्बानिया र क्रोएसिया समान १–१ अंक सहित क्रमशः तेस्रो र चौथो छन् ।युरो कपमा शुक्रवार थप तीन खेल हुँदै छन् ।
बेलुका ६ः४५ बजे समूह ई का स्लोभाकिया र युक्रेन भिड्ने छन् । ९ः४५ बजे समूह डी का पोल्यान्ड र अष्ट्रिया भिड्दा राती १२ः४५ बजे सोही समुहका नेदरल्याण्ड्स र फ्रान्स खेल्नेछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments