अर्थमन्त्री डा. गुरुङले गल्ती स्वीकारे : आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. १३९ मा त्रुटि
- असार ७, २०८१ मा प्रकाशित
कासिन न्यूज,
पोखरा ।
गण्डकी प्रदेशका अर्थमन्त्री डा टकराज गुरुङले १ असारमा ल्याएको आगामी आर्थिक वर्षको २०८१÷८२ को बजेटमा हिसाब नमिलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार बैठक अवरुद्ध गरेको थियो ।
अर्थमन्त्री डा. गुरुङले बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि गण्डकीको प्रदेश सभा बैठकको अवरोध हटेको छ ।
प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. १३९ मा त्रुटि पाइएको थियो । ‘मनसायरहित मानवीय त्रुटिका लागि गल्ती स्वीकार गर्दै सो बुँदालाई स्पष्टताका साथ आद्यवधि गरी सोको विवरण माननीय सदस्यले प्राप्त गर्ने गरी उपलब्ध गराएको व्यहोरासमेत अनुरोध गर्दछु’, शुक्रबारको प्रदेश सभा बैठकमा उनले भने ।
आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट पेश गरेका थिए । तर उक्त बजेटको स्रोतमा भने ३२ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको मात्र हिसाब उल्लेख गरेका थिए ।
बजेट वक्तव्यमा उल्लिखित कार्यक्रम कार्यान्वयन गर्न ४९ करोड ९ लाख रुपैयाँको स्रोत अभाव हुने देखिएको भन्दै बिहीबार नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।
एमाले संसदीय दलका उपनेता लिलबहादुर थापाले बजेटमा प्रस्तुत गरिएको अंकको हिसाबकिताब नै गल्ती भएको भन्दै त्यसको जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका थिए । बजेटमाथि बिहीबारबाट छलफल सुरु भएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments