मन्त्रालय कम मन्त्री धेरै : विना विभागीय मन्त्रीहरुले मन्त्रालय पाएनन

- असार ७, २०८१ मा प्रकाशित


कासिन न्यूज
धनगढी ।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते एमालेका वीरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी विक र एकीकृत समाजवादीकी माया पन्तलाई विना विभागीय मन्त्रीमा नियुक्त भएपनि उनीहरुले अहिले सम्म काम गर्ने अर्थात मन्त्रालय पाएका छैनन ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई प्रदेश सरकारमा सहभागी गराउँदै उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।
हाल यहाँका अधिकांश सांसद, विना विभागीय मन्त्री, मन्त्रीहरू काठमाडौंमा केन्द्रित भएका छन् । यसबाहेक भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर तीन वटा नयाँ मन्त्रालय बनाउने तयारी गरिएको छ।
जसअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर सहरी, ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्रालय बनाउने, सामाजिक विकास फुटाएर शिक्षा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर वन, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग, पर्यटन मन्त्रालय बनाउने तयारी भएको हो ।
त्यसका लागि मन्त्रिपरिषद्को बैठक बसेर सुदूरपश्चिम प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ लाई संशोधन गर्ने गरी मस्यौदा बनेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको दाबी छ । तर मन्त्रालय विभाजनको लागि हालसम्म मन्त्रिपरिषद्को बैठक बस्न नसकेको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
1
+1
0
Comments

सम्बन्धित खवर