जिन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ !

- असार ७, २०८१ मा प्रकाशित


असार ७ , काठमाडौं ।
“ जिन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ” भूपू पाण्डेको यो गीत अहिले चर्चाको शिखरमा छ । सामान्य मानिसहरुको जिन्दगीको कथालाई बयान गरेर गाइएको यो गीतले धेरै चर्चा पाएको छ । गीत जस्तै बनेको अहिले नेपालीहरुको जीवन ।
धेरै दिन भयो यो गाथाकी पहिलो पात्र सिम्रनले गाथाकार सँग साक्षत्कार नगरेको उनकी कता हराइन त्यो उनी नै जानुन ।

तर सिम्रन सँगको कुराकानीलाई आधार बनाएर यो गाथालाई मूर्त रुप दिने प्रयासमा लाग्दा लाग्दै पनि सकिएन ।
सिम्रन सँगको पहिलो भेटको कथन देश र यहाँका राजनीतिककर्मीहरुको बारेमा थियो ।
बिहिबार प्रतिनिधि सभा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नमिठो अनुभव गर्दै सदनको गरिमालाई लत्याउने सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरू प्रति असन्तुष्टि पोखेका थिए ।
प्रधानमन्त्री दाहालले आफनो भनाई राखी रहँदा बिहीबारको बैठकमा सत्तापक्षको प्रमुख दल एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए । भने प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री दाहालले सम्बोधन गर्न जाने बेला सम्म कुर्सीमा थिए । जब प्रधानमन्त्री दाहाल बोलिरहेका थिए प्रतिपक्षी दलका नेता देउवा संसद्को बैठकबाट बाहिरिएका थिए । ओली र देउवा पूर्वप्रधानमन्त्री हुन् ।
अहिले देशको अवस्था यस्तो छ जहाँ एकले अर्कोको कुरो सुन्दैनन् । यहि बेथितीको मार झेलीरहेको गणतन्त्रात्मक मुलुक नेपाल अहिले संघिय संरचनामा दौडीरहेको छ । जसको साथमा छन् स्थानिय निकाय र प्रदेशहरु । जहाँ अहिले काण्डै काण्डका रास लिलाहरु देखीन थालेको छ ।
जस्तै उदाहरणको लागि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सभासदलाई मन्त्री त बनाए तर मन्त्रालय दिन सकिरहेका छैनन् । उनीहरुले अहिले सम्म काम गर्ने अर्थात मन्त्रालय पाएका छैनन ।

अधिकांश सांसद, विना विभागीय मन्त्री, मन्त्रीहरू काठमाडौंमा केन्द्रित भएका छन् । यसबाहेक भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर तीन वटा नयाँ मन्त्रालय बनाउने तयारी गरिएको छ ।
यो प्रदेशमा देखीएको अर्को बेथिती हो । यसको सन्देश भनेको राज्यले सबैको भार ग्रहण पर्ने भन्ने देखीन्छ । उता गण्डकी प्रदेशका अर्थमन्त्रीले आफनो बजेटमा देखीएको गडबडीलाई स्वीकार गर्दै माफी मागेका छन् । अर्थमन्त्रीले आर्थिक वर्षको बजेटको बुँदा नं. १३९ मा त्रुटि गरेको पाइयो ।
त्यसैले भनिन्छ जिन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ भन्दै अबको गाथा सिम्रन सँगको वार्तालाप भन्दा पनि देशको समसामायिक बिषयमा केन्द्रित रहने जानकारी दिँदै बिट मार्छु ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर