श्री एयरलाइन्सको ८० सिटे जहाज
- असार ८, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ । डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन ९एन–एओएम को ८० सिटे विमान थपेको हो । उक्त विमान अमेरिकाबाट क्यानडा–इजिप्ट–ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिएको हो ।
श्री एयरलाइन्सका पाइलटहरूले ३३ घण्टाको उडानपछि शुक्रबार राति १ बजे उक्त विमान काठमाडौंमा ल्याण्ड गरेका हुन् ।
८० सिटको क्यु ४००–८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक(कर्पोरेट) अनिल मानन्धरले जानकारी दिए ।
सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००÷७०० तथा क्यु ४००– गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments