वेस्ट इन्डिज सँग ९ विकेटले अमेरिका पराजित : दोस्रो हारसँगै अमेरिकाको सेमिफाइनल पुग्ने सम्भावना झिनो

- असार ८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

विश्वकप क्रिकेटको शनिबार बिहान भएको खेलमा वेस्ट इन्डिजले यसपाली देखी मात्र विश्वकपको यात्रा थालेको अमेरिकालाई ९ विकेटले पराजित गरेको छ ।
वेस्ट इन्डिजले टी–२० विश्वकपमा सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ भने अमेरिकाको यो पहिलो सहभागिता हो ।
जितसँगै वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ । लगातार दोस्रो हारसँगै अमेरिकाको सेमिफाइनल पुग्ने सम्भावना भने कमजोर बनेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १९.५ ओभरमा अलआउट हुनुअघि एक सय २८ रन बनाएको थियो । वेस्ट इन्डिजले भने १०.५ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।

वेस्ट इन्डिजको जितमा ओपनर ब्याट्सम्यान साई होपले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले अविजित ८२ रन बनाए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले आठ छक्का र चार चौका हानेका थिए ।
अर्का ओपनर जोन्सन चाल्र्स भने १५ रन बनाउँदै पेभेलियन फर्किए । साई होप र जोन्सन चाल्र्सले ओपनिङ विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।
वेस्ट इन्डिजका लागि तेस्रो नम्बरका ब्याट्सम्यान निकोलस पुरनले पनि अविजित २७ रनको योगदान गरेका थिए । उनले केवल १२ बलको सामना गरी तीन छक्का र एक चौका हाने ।
त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाका लागि अमेरिकाका लागि ओपनर ब्याट्सम्यान एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए । अर्का ओपनर स्टिभन टेलर भने दुई रनमै आउट भएका थिए ।
तेस्रो नम्बरका ब्याट्सम्यान नितिश कुमारले टोलीको खातामा २० रन थपे । कप्तान एरोन जोन्स पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।
अमेरिकाका लागि मिलिन्द कुमारले पनि टोलीको खातामा १९ रन थपे । आठौँ नम्बरका ब्याट्सम्यान साड्ली क्लाउड भान साल्कविकले पनि १८ रन बनाए । अली खानले अविजित १४ रन जोडे ।

घरेलु मैदानमा क्यारेबियन टोलीका बलर रोस्टन चेजले तीन विकेट लिए । आन्द्रे रसेलले पनि तीन विकेट हात पारे । अल्जारी जोसेफले दुई विकेट लिए । गुडाकेश मोटीले पनि एक विकेट लिए ।

‘सुपर–८’ चरणको ‘समूह–२’ मा रहेका वेस्ट इन्डिज र अमेरिकाले दोस्रो खेल खेलेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । त्यसैले दुवै टोलीका लागि शनिबारको खेल महत्त्वपूर्ण थियो ।
‘सुपर–८’ चरणको ‘समूह–२’ मा दुई खेल खेलेको दक्षिण अफ्रिका चार अङ्कसहित पहिलो स्थानमा छ । समान खेल खेलेका वेस्ट इन्डिज र इङ्गल्यान्डको भने दुई–दुई अङ्क छ ।
अमेरिका भने आफ्नो दुवै खेलमा पराजित भएको छ । अमेरिकी टोली आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो । वेस्ट इन्डिज पनि आफ्नो पहिलो खेलमा इङ्गल्यान्डसँग आठ विकेटले हारेको थियो । यसअघि शुक्रबार राति खेलिएको खेलमा दक्षिण अफ्रिकाले इङ्गल्यान्डमाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर