कांग्रेसले बाहेक अरुले देश बनाउन नसक्ने : महामन्त्री थापा

- असार ८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले बाहेक अरुले देश बनाउन नसक्ने दावी गरेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश(क)को दोस्रो प्रदेश सभा क्षेत्रीय सम्मलेनमा बोल्ने क्रममा महामन्त्री थापा सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्ने महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताको रथमा एक्लै दौडिरहेको पनि बताए ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अहिले देशको अर्थतन्त्र धर्मराएको कुरा औलाउँदै महामन्त्री थापाले देशका बारेमा चिन्ता र चिन्तन गर्ने भएका कारण आजको दिनमा नेपाली कांग्रेसले ०८४ को निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउने दावी पनि उनले गरेका छन् ।
महामन्त्री थापाले देशको ठूलो पार्टी भएकै कारण नेपाली कांग्रेसमाथि संविधानको संरक्षण गर्नुपर्ने जस्तो गहन जिम्मेवारी भएकोले यसको संरक्षणको लागि सदा कांग्रेस लागि रहने बताए ।
प्रदेश सरकारलाई राजनीतिक दलहरूले हलुका रूपमा लिएकै कारण प्रदेशहरूमा अस्थिरता भएको बताए । संविधानको अभ्यास गर्दै जाँदा देशको निर्वाचन प्रणाली पनि कमजोर भइसकेको उल्लेख गरे ।

उनले भने, ‘प्रदेशमा अहिले यति धेरै सरकार परिवर्तन भएका छन् । हामीले प्रदेशलाई हल्का रूपमा लियौँ । यसका कमजोरी हाम्रो निर्वाचन प्रणालीसँग पनि जोडिएको छ । संघले प्रदेशको अधिकार खोसिदिएको छ । यी अभ्यासका क्रममा सिकेका कुराहरू हुन । हामीले सुधार्नुपर्छ ।’
कार्यक्रमका अर्का वक्ता नेपाली कांग्रेसका सांसद एवं केन्द्रिय सदस्य प्रदिप पौडेलले पार्टीले टिकट बाँड्नु अगाडी प्रि इलेक्सन गर्नु पर्नेमा जोड दिदैं उनले भने जसका कारण कार्यकर्ताहरुको क्षमताको जाँच गर्न सजिलो हुन्छ ।
उनले चक्रपथ बिस्तारको बारेमा बोल्दै सरकारलाई यसका लागि आफूहरुले दवाव दिइरहेको पनि बताए ।

कार्यक्रममा कांग्रेसकी सांसद एवं केन्द्रिय सदस्य प्रतिमा गौतमले प्रधानमन्त्री दाहाल नेतृत्व सरकारले ल्याएको बजेटको बारेमा बोल्दै उनले अहिलेको बजेट काठमाडौं लक्षित नभएको बताइन । सांसद गौतमले आफना समकक्षी सांसद साथीहरु सँग काठमाडौंमा बजेटको अभाव भएको बताउँदै गर्दा उनीहरुले उल्टै जिस्काउने गरेको बताइन ।
कार्यक्रमको सभापतित्व प्रदेश(क) का सभापति ख्याम तिवारीले गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर