अष्ट्रेलिया विरुद्ध पहिलो जित दर्ता गर्ने क्रममा अफगानिस्तानको २१ रनको जित

- असार ९, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अष्ट्रेलिया माथि सानदार जित दर्ता गर्दै अफगानिस्तानले आइसिसी टि–ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुग्ने अवस्थाको सिर्जना गरेको छ । आफ्नो इतिहासमा अष्ट्रेलिया विरुद्ध पहिलो जित दर्ता गर्ने क्रममा अफगानिस्तानले शनिबार २१ रनको जित हासिल गरेको हो ।
अफगानिस्तानको जित पछि सुपर एट समूह १ बाट सेमिफाइनल पुग्ने दौड रोचक बनेको छ । भारतको २ खेलबाट ४ अंक छ । अफगानिस्तान र अष्ट्रेलियाको समान २ अंक र बंगलादेश अंकविहिन छ ।
अन्तिम खेलहरुमा भारतले अष्ट्रेलिया र अफगानिस्तानले बंगलादेशको सामना गर्नेछन् । अफगानिस्तानले आफ्नो खेलमा जित दर्ता गर्न सकेमा एक टोलीसँग नेट रनरेटको प्रतिस्पर्धा रहनेछ ।
सेन्ट भिन्सेन्टमा भएको खेलमा अष्ट्रेलिया १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा ४ बल बाँकी छँदै १ सय २७ रनमा समेटियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४१ बलमा ५९ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन् । मिचेल मार्सको १२ रन नै दोस्रो ठूलो स्कोर बन्न पुग्यो ।
अफगानिस्तानको जितमा गुलबदिन नैवले ४ विकेट लिए । नभिन उल हकले ३ तथा ओमारजाई, मोहम्मद नबी र राशिद खानले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४८ रन जोडेको थियो । अफगानिस्तानका रहमनुल्लाह गुर्बाजले ४९ बलमा ६० रन बनाए । इब्राहिम जाद्रानले ४८ बलमा ५१ रनको इनिङ खेले ।
अष्ट्रेलियाका प्याट कमिंसले ह्याट्रिक सहित ३ विकेट लिए । उनको यो लगातार दोस्रो खेलमा ह्याट्रिक रहेको हो। टि ट्वान्टी विश्वकपमा दुई ह्याट्रिक लिने उनी पहिलो बलर बनेका छन् । एडम जाम्पाले २ विकेट लिए भने १ विकेट मार्कस स्टोइनिसको नाममा रह्यो ।
एजेन्सीको सहयोगमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर