स्कटल्याण्ड समूह चरणबाट बाहिरियो : आयोजक जर्मनीे आफ्नो समूहको विजेता
- असार १०, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
निकलस फुलक्रगले इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेपछि युरो कप आयोजक जर्मनीे आफ्नो समूहको विजेता बनेको छ। स्विट्जरल्याण्डसँग आइतबार १–१ को बराबरी खेल्दै जर्मनी समूह ए विजेता बनेको हो । लगातार दुई खेल जित्दै यसअघि नै नकआउट चरणमा पुगिसकेको जर्मनीलाई समूह विजेता बन्न बराबरी नै पर्याप्त थियो ।
डान एनडोएले २८ औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । तर टोलीले अन्तिम समयमा अग्रता गुमाएको थियो। जर्मनीका लागि फुलक्रगले इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल गरेका हुन् ।
बराबरीपछि जर्मनीको ३ खेलबाट ७ अंक पुगेको छ । स्विट्जरल्याण्ड ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेताका रुपमा प्रि क्वाटरफाइनलमा पुगेको छ । हंगेरीलाई हराउँदै युरो कपको सुरुवात गरेको स्विट्जरल्याण्डले अर्को खेलमा स्कटल्याण्डसँग बराबरी खेलेको थियो ।
सोही समूहको अर्को खेलमा हंगेरीले स्कटल्याण्डलाई १–० ले हरायो । हंगेरीको त्यो पहिलो जित हो । यसअघि दुवै खेल हारेको हंगेरीलाई जित दिलाउन केभिन कोबोथले इन्ज्युरी समयको दसौं मिनेटमा गोल गरेका थिए ।
हंगेरी ३ खेलबाट ३ अंक जोड्दै समूह ए को तेस्रो स्थानमा छ । समूहको तेस्रो हुनेमध्येबाट ४ टोलीमा पर्दै नकआउट चरणमा पुग्ने हंगेरीको सम्भावना बाँकी छ । त्यसका लागि अन्य समूहको खेलको नतिजा पर्खनुपर्नेछ ।
स्कटल्याण्ड जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा जर्मनीसँग पराजित भएको स्कटल्याण्डले अर्को खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो । ३ खेलबाट १ अंक मात्र जोडेको स्कटल्याण्ड युरो कपबाट बाहिरिने पहिलो टोली हो।
एजेन्सीको सहयोगमा
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments