दक्षिणी रुसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा १५ प्रहरी अधिकारीको मृत्यु

- असार १०, २०८१ मा प्रकाशित


 

कासिन न्यूज,
काठमाडौं ।
दक्षिणी रुसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार रिपोर्ट गरेको छ । दुई अर्थोडक्स चर्च, धार्मिक सभाघर र तटीय शहर डर्बेन्ट र दागेस्तानको राजधानी मखचकलाको ट्राफिक प्रहरी चौकीमा भएको सशस्त्र झडपमा मानवीय क्षति हुन पुगेको प्रहरीले जनाएको छ ।
दागेस्तान गणतन्त्रका प्रमुख सर्गेई मेलिकोभले स्थिति नियन्त्रणमा आइसकेको बताउनुभएको छ । उनका अनुसार डर्बेन्टसिथ्त सभाघरमा आक्रमणको क्रममा लगाइएको आगो पूर्ण रूपमा निभाइएको छ । आक्रमणमा छ जना सशस्त्र आक्रमणकारी मारिएको मेलिकोभले सामाजिक सञ्जालमार्फत जारी एक विज्ञप्तिमा उल्लेख छ । ‘आतङ्कवादी’ आक्रमणमा संलग्न समूहलाइृ पक्राउ गर्न कानून प्रवर्तन अधिकारीलाई खटाइसकिएको उनले बताए ।
उत्तरी ककेशियन क्षेत्रमा अवस्थित दागेस्तान देशको सबैभन्दा भाषिक र जातीय विविधताभएको क्षेत्रमध्ये एक हो । आक्रमणपछि रूसको यहुदी समुदाय महासङ्घका अध्यक्ष अलेक्ज्यान्डर बोरोडाले दागेस्तानमा भएको आक्रमणपछि आउनसक्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै कसनै पनि उक्साहटमा नलाग्न स्थानीयलाई आग्रह गरेका छन् ।
स्थानीय अधिकारीका अनुसार मखचकला र डरबेन्टमा हुने सबै मनोरञ्जन कार्यक्रमहरू अर्को सूचना नहुँदासम्मका लागि रद्द गरिएको छ । सरकारी तथ्याङ्क अनुसार मार्च २२ मा मस्कोको क्रोकस सिटी हल कन्सर्ट स्थलमा भएको आतङ्कवादी आक्रमण र आगजनीमा कम्तिमा १४४ जनाको मृत्यु हुनुका साथै ५५१ जना घाइते भएका थिए ।
एजेन्सी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर