पार्टी, समाज र देशका लागि योगदान गरेका पुराना नेता, कार्यकर्ताको खोजी गरिने : महामन्त्री थापा

- असार १०, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी, समाज र देशका लागि योगदान गरेका पुराना नेता, कार्यकर्ताको इतिहास खोजी गरिने बताएका छन् ।
नन्दप्रसाद जानुका फाउण्डेशनले आयोजना गरेको ‘कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ’ स्मृति ग्रन्थ विमोचन समारोहमा महामन्त्री थापाले महासमिति बैठकले प्रस्ताव पारित गरिसकेकाले अब केन्द्रीय समितिबाट निर्णय गरी देश र समाजका लागि काम गरेका देशभरका पार्टी नेता तथा कार्यकर्ताको इतिहास सङ्कलन गरिने बताए ।

उनले यस कार्यले पार्टीभित्र शुद्धिकरणका लागि पनि काम गर्ने धारणा राखे । “समाजलाई डो¥याउनका लागि हाम्रा नेता तथा कार्यकर्ताले खेलेका भूमिका र उहाँहरुको सम्मानका लागि पनि इतिहासको खोजी जरुरी छ । नेताले चुनाव जित्ने तर काम नगर्ने गरेकाले इतिहासले त्यसको पनि स्मरण गराउने छ”, महान्त्री थापाले भने , “कांग्रेसभित्रको फोहर सफा गर्न पनि यसरी खोजिएको इतिहासले काम गर्नेछ, कांग्रेसमा सुधारको जग बसाल्न पनि यसको आवश्यकता छ ।”

जुन उद्देश्यका साथ पार्टी र राजनीतिमा आएको हो त्यही बिर्सदा पदमा टाँसिइरहने प्रवृत्ति बढेको भन्दै उनले पटकपटक सांसद, मन्त्री र प्रधानमन्त्री भइरहने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा पनि जोड दिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पार्टी नन्दप्रसाद जस्ता व्यक्तित्वले गरेको योगदानको जगमा उभिएकाले त्यस्ता नेता, कार्यकर्ताको खोजी गरिनुपर्ने विचार राखे ।

खप्तडबाबा सुदूरपश्चिमको खप्तड क्षेत्रमा जानुअघि दोलखामा बसेर साधना गर्दा नन्दप्रसाद जस्ता व्यक्तित्वले उहाँबाट आध्यात्मिक वातावरण पाएका विषय पुस्तकमा उल्लेख गरिएका लेखकले बताए । त्यसको प्रभाव समग्र शिवाकोटी परिवारमा परेको आफूले पाएको पनि भनाइ उनको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर