काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ

- असार १०, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नगरसभाको १५औं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।
चालु आर्थिक वर्षको लागि कुल बजेट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँ ल्याइएको थियो । महानगरले गत माघमा संशोधन गरेर २४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ पुर्याइएको थियो ।
आर्थिक विकास क्षेत्रका कार्यक्रमका लागि १९ करोड ९ लाख रुपैयाँ, कार्यालय सञ्चालन र प्रशाससनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार, पूर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको डंगोलले सुनाइन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर