विकिलिक्सका संस्थापक जुलियन असान्ज १९०१ दिनमा रिहा

- असार ११, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
अमेरिकी सेनाका गोप्य दस्ताबेज सार्वजनिक गरेपछि पक्राउ परेका विकिलिक्सका संस्थापक जुलियन असान्ज पछिल्लो समय बेलायतको जेलमा थिए । उनी बेलायत जेलबाट १९०१ दिनमा रिहा भएका छन् ।
विकिलिक्सका अनुसार बेलायतको लण्डनस्थित अदालतबाट उनी जमानतमा रिहा भएका हुन् । विदेशी समाचार एजेन्सीका अनुसार अमेरिकाका गोप्य दस्तावेज लिक गरेको आरोपमा आफू दोषी भएको स्वीकार गरेपछि असान्ज सोमबार राति रिहा भएका हुन् । उनले गल्ती स्वीकार्ने र अमेरिकाको जेलमा बस्न नपर्ने सहमति अमेरिकी न्याय विभागसँग उनले गरेको समाचारमा उल्लेख छ ।
अष्ट्रेलियाई मूलका असान्जले सन् २०१० मा विकिलिक्स अनलाइनमा अमेरिकी सेनाका गोप्य दस्ताबेजहरु सार्वजनिक गरेर विश्वभर सनसनी मचाएका थिए ।
खासगरी इराक र अफगानिस्तान युद्धको बारेमा अमेरिकी सैन्य रहस्य उनले उजागर गरेका थिए । यसलाई अमेरिकी सेनाको इतिहासमै सबैभन्दा ठूलो सुरक्षा चुकाइ भनिएको थियो ।

राष्ट्रिय सुरक्षा दस्ताबेज प्रकाशित गरेपछि जासुसी गरेको लगायतका १८ मामिलामा उनलाई अमेरिकी संघीय ग्राण्ड जुरीले दोषी ठहर गरेको गरेको थियो ।
असुरक्षा महसुस भएपछि उनी सात वर्षसम्म लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएर बसेका थिए । त्यसपछि उनी पक्राउ परेका थिए । उनलाई सन् २०१९ मा लण्डनको उच्च सुरक्षायुक्त बेलमार्शको हिरासतमा राखिएको थियो ।
त्यहाँ उनले यौन उत्पीडनको आरोपसमेत खेप्नु परेको थियो । यद्यपि उक्त आरोप पुष्टि नभएपछि त्यसलाई खारेज गरिएको थियो ।
एजेन्सीको सहयोगमा

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर