कासिन न्यूज,
काठमाडौं ।
अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १–१ को बराबरी खेल्दै इटाली नकआउट चरणमा पुगेको हो ।
५५औं मिनेटमा लुका मोड्रिचको गोलमा क्रोएसियाले अग्रता लिएको थियो । त्यसअघि मोड्रिच पेनाल्टीमा गोल गर्न असफल भएका थिए । उनको पेनाल्टी इटालियन गोलरक्षक डोनारुमाले बचाएका थिए । मोड्रिचको गोलमा क्रोएसिया दोस्रो चरणको संघारमा पुगेको थियो ।तर क्रोएसियाको प्रयासमा इटाली बाधक बन्यो । इन्ज्युरी समयको आठौं मिनेटमा रिकार्डो कालाफिओरीको पासमा बक्सको छेउबाट माटिया जाकाग्नीले गोल गरेपछि समूहको उप विजेताका रुपमा इटाली अन्तिम १६ मा पुगेको हो।
इटालीको ३ खेलमा ४ अंक छ । क्रोएसियाको ३ खेलमा २ अंक मात्र छ । समूहमा तेस्रो हुने मध्ये शीर्ष ४ मा रहँदै अर्को चरण पुग्ने क्रोएसियाको सम्भावना कम छ ।
अल्बानिया १ अंक सहित समूहको पुछारमा छ । अन्तिम खेलमा अल्बानिया माथि १–० को जित निकाल्दै स्पेन शत–प्रतिशत नतिजा सहित समूहको शीर्ष स्थानमा रहेको छ।
एजेन्सीको सहयोगमा
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments