अष्ट्रेलियालाई पराजित गर्दै भारत विश्वकपको सेमीफाइनलमा
- असार ११, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अष्ट्रेलियालाई पराजित गद पर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा भारतले २४ रनको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
उता अष्ट्रेलियाले भने सेमिफाइनलमा पुग्नका लागि अफगानिस्तान र बंगलादेश बीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ । समूह १ मा भारत ३ खेलमा ६ अंक सहित अन्तिम चारमा पुगेको हो । अष्ट्रेलियाको ३ खेलमा २ अंक छ । अफगानिस्तानको पनि २ खेलमा २ अंक छ भने बंगलादेश अंकविहिन छ ।
अफगानिस्तानले बंगलादेशमाथि जित हासिल गरे समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तानले हार बेहोरेमा अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान २ अंक रहनेछ भने नेट रनरेटका आधारमा समूहमा दोस्रो हुने टोलीको निर्धारण हुनेछ ।
सेन्ट लुसियामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले रोहित शर्माको विष्फोटक इनिङ्को मद्दतमा ५ विकेटको क्षतिमा २ सय ५ रन जोडेको थियो । रोहितले ४१ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै ९२ रन बनाएका थिए । यस्तै भारतका लागि सुर्यकुमार यादवले ३१, शिभम दुबेले २८, हार्दिक पान्ड्याले २७ तथा ऋषभ पन्तले १५ रन बनाएका थिए ।
अष्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोईनिसले २–२ तथा जोश हेजलवुडले १ विकेट लिएका थिए । जवाफमा अष्ट्रेलियाले ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका ओपनर ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्का सहित ७६ रन बनाएपनि टोलीलाई पार लगाउन सकेनन् । १७औं ओभरमा उनको विकेटपछि भारत जिततर्फ लम्किएको थियो ।
यस्तै मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २० तथा टिम डेविडले १५ रन बनाएका थिए । भारतका अर्शदिप सिंहले ३, कुलदीप यादवले २ तथा जस्पृत बुम्राह र अक्षर पटेलले १–१ विकेट लिए ।
एजेन्सीको सहयोगमा
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments