दम्पत्तिको २० वर्षे काठमाडौं यात्रा : अरुको पेट भराएर आफनो सन्तुष्टि पूर्ण गर्ने पेशामा लागेका दवाडी दम्पत्ति

- असार ११, २०८१ मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।
न सोच थियो न कसैको साथ । मन आफै बैराग्यमा चलिरहेको थियो । भर्खरको भरभराउँदो उमेरकोे आफनो सन्तानलाई गुमाउँदाको असर त्यो परिवार त्यसमा पनि माता पितामा कति पर्छ त्यसको चर्चाको बारेमा अहिले सम्म कुनै पनि डिस्कनेरीका कुनामा लेखीएका छैनन होला ।
हो यस्तै दुःखद घटनाले सिर्जिएको थियो दिपक र मञ्जु दवाडीको परिवार । पारिवारीक सम्पन्नता आफनो स्थानमा थियो । भनौ राम्र्रै अवस्थामा गुज्रिएको थियो दवाडी परिवारको हेटौंडा बसाई ।
तर एकै घटनाले यो परिवालाई हेटौंडा देखी बिरक्त लाग्न थाल्यो । मन भित्र भित्र पोल्न थालेको थियो । छटपटीको कुनै सिमा थिएन । तर आफूलाई सम्हाल्ने कुरामा दवाडी दम्पत्तिमा साहसले निकै साथ दिएको थियो । हेटौंडाको बिरक्तालाई उतै छोडेर केही साहसका साथ यो परिवार हानियो काठमाडौं तिर । अन्य परिवारलाई हेटौंडामा छोडेर आफनो परिवारका साथ काठमाडौं आएका दवाडी दम्पतिको अहिले काठमाडौं बसाईले दुई दशक काटिसकेको छ ।

बिना कुनै सोच काठमाडौं हानिएका दवाडी दम्पत्तिलाई काठमाडौंको पशुपति नजिक पिगंला स्थानमा पहिला पटक पाइला टेक्दै देखी लागेको थियो । अब के गर्ने होला । नौलो स्थान र नौला मानिसका बिचमा आफूलाई स्थापना गर्न दवाडीदम्पत्तिले निकै माथापिच्छी गरे । मनमा लुकेको बेदनालाई शरिरको एक कुनामा बिश्राम दिएर यो दम्पत्ति लाग्यो आफनो मन्जिल तिर । त्यही मन्जिल थियो अहिले काठमाडौं महानगरपालिका वडा नम्वर ९ गौशला स्थित चक्रपथ छेउको ढुङ्गेधारा र बाँसघारीमा रहेको ऊँ लक्ष्मी भोजनालय ।
जिवनमा कहिल्यै नगरेको पेशालाई निर्धकताका साथ अँगालेका दवाडी दम्पतिले आफनो मन्जिललाई ९ नम्वर तिर घुमाई रहेका छन् । अरुको पेट भराएर आफनो सन्तुष्टि पूर्ण गर्ने पेशामा लागेका दवाडी दम्पतिले २०६१ सालमा स्थापना गरेको भोजनालयले राम्रै माइलेज लिइरहेको छ ।
आफनो दुई दशकको व्यापारिक यात्रामा यो दम्पतिले भोजनालयको माइलेजलाई माथि उठाउन निकै मेहिनेत गर्नु पर्यो । बिगतका केही सम्झनालाई केलाउँदै दिपक भन्छन् , “निकै अप्ठ्यारो थियो कसैले कसैको कुरा सुन्ने अवस्था थिएन” ।
तर पनि दवाडी दम्पत्तिले आफनो संर्घषको यात्रालाई त्यति कै छोडेनन । निरन्तरको मेहिनेत र लगनको उपज हो ऊँ लक्ष्मी भोजनालय । दवाडी दम्पतिको परिचय यसैमा गाँसिएको छ । जागिर कहिले पनि नखाएको आफनो व्यवसायमा वेग्र भएका दवाडी दम्पति आफनो खानाको स्वादले अरुको स्वाद भर्न पाउँदा निकै आन्नद महसुस गर्छन । आफू माथि आएको पीडालाई मनको एक कुनामा लुकाएर बसेको यो दम्पतिले आफनोे व्यवसायलाई निकै जोड दिएका छन् ।

What’s your Reaction?
+1
4
+1
1
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर