कासिन न्यूज,
काठमाडौं ।
युरो कप २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएको छ । जर्मनीको कोल्नमा इंग्ल्यान्ड र स्लोभेनियाको खेल गोलरहित बराबरीमा सकिँदा डेनमार्क र सर्बियाको खेलमा पनि गोल हुन सकेन । यससँगै इंग्ल्यान्ड ५ अंकका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा अघि बढेको छ ।
डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । दुवै टोलीको समान ३–३ अंक र गोल भएपनि कम पहेंलो कार्डका आधारमा डेनमार्क समूह उपविजेता बन्यो । स्लोभेनिया पनि अन्तिम १६ मा पुग्दा २ अंक जोडेको सर्बिया भने बाहिरिएको छ ।
यसअघि समूह डी मा अष्ट्रियाले नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गर्दै समूह विजेता बनेको थियो । अन्तिम खेलमा फ्रान्स पोल्यान्डसँग १–१ को बराबरीका साथ समूह उपविजेता बन्दा नेदरल्यान्ड्सले पनि अन्तिम १६ मा स्थान बनायो । यस समूहबाट पोल्यान्ड बाहिरिसकेको थियो ।
हालसम्म अन्तिम १६ मा डेनमार्क र जर्मनी तथा स्विटजरल्यान्ड र इटालीले एक अर्कासंग खेल्ने पक्का भइसकेको छ । समूह ई र एफमा भने अन्तिम चरणको खेल बाँकी छ ।
एजेन्सीको सहयोगमा
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments