प्रतिकूल मौसमका कारण बुद्ध एयरको जहाज डाइभर्ट
- असार १२, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय योजना आयोगको टोली र नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल सहित अन्य यात्रुहरु चढेको बुद्ध एयरको ‘यू४–८८१’ उडान नम्बरको जहाज प्रतिकूल मौसमका कारण भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण अवतरण गर्न नसकेर फिर्ता भएको छ ।
आयोग टोली बुटवलस्थित बुटवल धागो कारखाना, धौवाधी फलाम उद्योग लगायत अनुगमनमा बुटवल जाँदै थियो । यो टोलीको आगामी शुक्रबार मात्र काठमाडौं फर्किने योजना थियो ।
जहाज बिहान करिब ८ बजे भैरहवा पुगे पनि विमानस्थलमा अवतरण हुन नसकी काठमाडौं नै फिर्ता भएको हो ।
‘प्रतिकूल मौसमका कारण जहाज डाइभर्ट गर्नुपरेको हो,’ बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने, ‘उक्त उडानलाई मध्याह्न १२ बजे पुनः भैरहवा अवतरण गराइसकिएको छ ।’
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments