पछि हटे खनाल : नेपाल र भुसालबिच अध्यक्षमा प्रतिस्पर्धा हुने निश्चित

- असार १२, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
माधव नेपालले नेकपा एकीकृत समाजवादी(एस)को अध्यक्षमा दोहोरिने चाहना राखिरहेका नेपालपछि नहटे वा सहमति नजुटे अव नेपाल र महासचिव घनश्याम भुसालबिच अध्यक्षमा प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ ।
यसै क्रममा एसका सम्मानित नेता झलनाथ खनाल आफू पछि हट्दै भुसाललाई सघाउने निस्चित गरेका छन् । यसअघि जसको विचार उसैको नेतृत्व भन्दै आएका खनाल महाधिवेशनको सम्मुखमा आएर अध्यक्षको दाबीबाट पछि हटेका हुन् । यसअघि अध्यक्षमा माधवकुमार नेपालसहित झलनाथ खनाल र घनश्याम भुसालले अध्यक्षमा दाबी गर्दै आएका थिए ।
दुई नेताका बिचमा सहमतिबाटै अघि बढौँ भन्ने कुराकानी भयो । त्यसक्रममा खनालले भुसाललाई र भुसालले खनाललाई सहयोग गर्न आग्रह गर्नुभयो’, खनाल निवास स्रोतले भन्यो, ‘अन्तिममा खनालले तपाईँलाई अध्यक्षमा मेरो साथ रहन्छ भन्नुभयो र त्यसपछि दुवैजना हात मिलाएर छुट्नुभयो ।’

बुधबार बिहान सम्मानित नेता खनालको निवासमा खनाल र भुसालबिच भएको छलफलमा खनालले भुसाललाई साथ दिने सहमति भएको हो ।
खनाल निवासमा भएको छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही सहभागी रहेका थिए ।
अबको चार दिनपछि एकीकृत समाजवादीको १० राष्ट्रिय महाधिवेशन हुँदैछ । असार १६ गतेदेखि काठमाडौँमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर