यूरो कप राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो

- असार १३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
युरो कप २०२४ को नकआउट चरणको खेल समाप्त भएको छ । समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो ।
सहभागी २४ टोलीमध्य ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन् । हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेकिया समूह चरणबाट अघि बढ्न सकेनन् ।
अन्तिम १६ मा स्पेनले जर्जियासँग खेल्दा जर्मनी र डेनमार्कले एक अर्काको सामना गर्नेछन् । यी दुई खेलको विजेताले क्वाटरफाइनलमा भिड्नेछन् । त्यस्तै पोर्चुगल र स्लोभेनियाको विजेताले सेमिफाइनलमा पुग्न फ्रान्स र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
रोमानिया र नेदरल्यान्ड्स एक अर्कासँग खेल्दा अष्ट्रिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । यी मध्य एक टोलीले इंग्ल्याण्ड र स्लोभाकिया तथा स्विटजरल्यान्ड र इटालीको खेलको जित्ने टोलीबिचको विजेतासँग खेल्नेछन् । शनिबारदेखि राउन्ड अफ १६ चरण सुरु हुनेछ । क्वाटरफाइनलका खेल जुलाई ५ बाट खेलिनेछ ।
एजेन्सीको सहयोगमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर