तेक्वान्दो खेलाडी डगौरा सम्मानित

- असार १३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
सातौ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फ सहभागी भई स्वर्ण पदक जित्न सफल भएका छन् कञ्चनपुर झलारीका रन्जित डगौरा ।
तेक्वान्दोको क्षेत्रमा राम्रो दक्षता हासिल गरेका डगौराले आफनो जिल्ला देखी विभिन्न क्षेत्रमा तेक्वान्दोको माध्यमले नाम राख्न पनि सफल भएका छन् । उनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व परराष्ट्र मन्त्री एनपी साउदले सम्मान गरेका थिए ।
हालै भारतको गुवामा सम्पन्न सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमना सबैले पदक जिते हुन् । ५ स्वर्णका साथमा नेपालले थप १ रजत र १ कांस्य पदक जितेको हो । नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा १ गरी ७ पदक जितेको हो । पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले स्वर्ण जिते ।

पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारे । भारतको गोआमा जुन २१ देखि २३ तारिखसम्म भएको प्रतियोगिताको सब जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा यु–१२ एकल पुम्सेमा आभास देवले कांस्य प्राप्त गरे । नेपाली टोलीको प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा रहेका छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर