दक्षिणी पाकिस्तानमा अत्यधिक गर्मी : छ दिनमा ५सय ६८ जनाले ज्यान गुमाए

- असार १३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
दक्षिणी पाकिस्तानमा गर्मी बढे सँगै गर्मीका कारण मृत्यु हुनेको सख्या पनि बढ्न थालेको छ । एम्बुलेन्स सेवा दिने ’इधी’का अनुसार कराचीका शवगृहमा प्रायः दैनिक ३० देखि ४० मृतकलाई पु¥याउने गरिएको छ ।
विगत छ दिनमा इधीले ५सय ६८ वटा शव संकलन गरेको छ र तीमध्ये मङ्गलवार सकंलन गरिएका शवको सख्या १सय ४१ थियो। प्रत्येक घटनामा मृत्युको कारण के थियो भनेर भनिहाल्न मिल्ने अवस्था छैन। यद्यपि कराचीमा सहरको तापक्रम ४० डिग्री सेलसियस भन्दा माथि पुगेपछि मृतकको संख्या वृद्धि भएको छ। सापेक्षित आर्द्रता उच्च रहेकाले प्रायः ४९ डिग्री सेलसियस सम्ममा हुने जस्तै गर्मी महसुस गरिएको विवरणहरू आएका छन्।

कराचीस्थित हीटस्ट्रोक आकस्मिक उपचार कक्षमा

गर्मीबाट आक्रान्त धेरै मानिस सहयोग खोज्दै अस्पताल पुगेका छन्। कराचीस्थित सिभिल अस्पतालमा मात्र आइतवारदेखि बुधवारसम्ममा “हीटस्ट्रोक“ भएका २ सय ६७ जनालाई भर्ना गरिएको उक्त अस्पतालको आपत्कालीन विभागका प्रमुख डा इमरान सरवर शेखले बताए। तीमध्ये १२ जनाको मृत्यु भयो।

शेखले भने, “अस्पतालमा आएका अधिकांश मानिसहरू ६० देखि ७० वर्षका छन्। केही ४५ वर्षसम्मका र दुई जना त २० वर्षका समेत थिए।“ उनका अनुसार अस्पताल आएका मानिसहरूमा बान्ता आउने, पखाला लाग्ने र उच्च जरो आउने जस्ता लक्षणहरू देखिएका थिए।

कराचीमा गर्मी भएपछि पानीको फोहोराले अनुहार भिजाउँदै एक व्यक्ति

उनले भने, “हामीले जाँच गरेका अधिकांश मानिसहरू घरबाहिर काम गर्थे। हामीले उनीहरूलाई उच्च तापक्रममा काम गर्दा प्रशस्त पानी पिउन र हल्का लुगा लगाउन भनेका छौँ।”
एजेन्सीको सहयोगमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर