रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्यो कार
- असार १४, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार शुक्रबार बिहान करिब साढे २ बजे बाप्र ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खसेर डुबेको थियो। कार खस्दा एक जनाको मृत्यु भएको छ। कार काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खसेको थियो ।
दुर्घटना भएको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले तीन घन्टापछि कार चालकलाई बिहान साढे ५ बजे उद्धार गरेको थियो। उद्धारपश्चात उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बिहान ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक कार चालक नागार्जुन नगरपालिका–६ बस्ने खरिबोटका अन्दाजी ४०÷५० वर्षका पूर्ण दर्नाल रहेको एसपी अधिकारीले जानकारी दिए।
कलभर्टमा खसेको कारलाई ¥याकर, क्रेनको सहायताले स्थानीय र प्रहरीले बिहान ६ः०९ बजे निकालिएको एसपी अधिकारीले जानकारी दिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments