संकटमा शिक्षा क्षेत्र – एसईई नतिजा र अभिभावकको भरोसा

- असार १४, २०८१ मा प्रकाशित


सुधीर नेपाल ।

असार १४ , काठमाडौं ।

अहिले देशको मेरुदण्ड मानिएको शिक्षा क्षेत्रमा निक्कै खैलाबैला मच्चिएको छ । आधुनिक शिक्षा र प्रविधि मैत्री शिक्षाको थालनी भै सक्दा पनि बिधार्थीहरुले आफूलाई अयोग्यताको छाप्रो मुनी राख्न बाध्य भएका छन् । अब प्रश्न आउँछ यो बाध्यतालाई कसले निम्त्यायो ? प्रश्न जति सहज भएपनि यसको उत्तर पहिल्याउन हामीलाई मुस्किल नै हुन्छ ।

सिधा भन्नु पर्दा शिक्षा क्षेत्र , यसको नङ सँग जोडिएको सरकार र राजनीतिक दल नै हुन् । यसको परिभाषा बिगत देखी नै देखींदै आएको छ । अन्य मुलुकको तुलनामा नेपालको शिक्षा क्षेत्र केही हद सम्म सहज र फलदायी भने पनि एसईईको नतिजाले ल्याएको परिकंम्पनले अब बयान गर्नुको कुनै महत्व छैन् । कुरा गर्दै जाँदा अन्य मुलुकको भन्दा पनि हाम्रै छिमेकी मुलुक भारतको शिक्षा अवस्थालाई हेर्दा पनि हुन्छ । आवादीको हिसाबले निकै अगाडी रहे पनि भारतको शिक्षा निति कमजोर भएको आभाष हुँदैन । नेपालको एसईई नतिजाको तुलनामा भारतको नतिजालाई तुलना गर्र्दा पनि थाहा हुन्छ ।

जस्तै भारतमा २०२३ कक्षा १० उत्र्तीण प्रतिशत ९३.१२ थियो, २०२३ कक्षा १२ उत्र्तीण प्रतिशत ८७.३३ थियो । भारतकै अन्य राज्य मध्ये महाराष्ट्रको कुरा गर्ने हो भने महाराष्ट्रमा २०२३मा १० कक्षाको उत्र्तीण प्रतिशत ९६.९४ थियो । यसरी दाँज्दा पनि थाहा हुन्छ हामी हाम्रो शिक्षा शैली कस्तो छ । नयाँ र मौलीक शिक्षाको ढिंगोरा पिट्ने जुनसुकैै दलको सरकारले नेतृत्व गरे पनि भन्ने कुरा मात्र सावित भएको छ ।

यसपालीको एसईईको नतिजा । यसपाली एसईई दिएका ४ लाख ६४ हजार ७ सय ८५ जनामध्ये ५२.१३ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीे कक्षा ११ मा भर्ना हुन ‘अस्वीकृत’ भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार २ लाख २२ हजार ४ सय ७२ जना (४७.८७ प्रतिशत) मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन ।

गतवर्ष पनि एसईईमा सहभागी विद्यार्थीमध्ये २ लाख २ सय ६८ विद्यार्थी अर्थात् करिब ४१ प्रतिशतले गणितमा कमजोर ग्रेड ‘डी र ई’ ल्याएका छन्, सबैभन्दा तल्लो ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या मात्रै १ लाख ५५ हजार रहेको थियो । २० भन्दा पनि कम अंक भए ‘ई’ ग्रेड दिइन्छ । विगतमा पनि गणितपछि विज्ञान र अंग्रेजीमा कमजोर ग्रेड प्राप्त गर्ने छात्रछात्राको संख्या बढी हुन्थ्यो । यसलाई नमूना मान्दा नेपाल सरकारको हरेक क्षेत्रमा १० प्रतिशत पनि काम गतिलो छैन । अनि शिक्षा क्षेत्र कहिले सुधारिन्छ । कहिले बिधार्थीहरुले आफनो गतिलो नतिजाको आभाष गर्न सक्छन् ।

फेरी अर्को कुरा अहिले आफनो जिम्मवारी र गल्तीलाई महसुस गर्नुृ भन्दा पनि सबै दोष जति बिधार्थीहरुको थाप्लोमा हालेर पन्छिने प्रवृति बढ्दै गएको छ । अनि यस्तो अवस्थामा नेपालको शिक्षा क्षेत्र कति उन्नति गर्ला भनेर सोच्ने । के को आधारमा अभिभावकहरुले आफना बच्चाहरु प्रति भरोसा गर्ने । अब प्रश्नको धुन सरकार र शिक्षा क्षेत्रको नेतृत्वले बुझ्नु जरुरी छ ।

What’s your Reaction?
+1
3
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर