ओठ निचोर्दा दूध आउने माननीय ज्यूहरुदेखि लिएर दाह्रीजुँगा फूलेका माननीयज्यूहरु पछि लागे : सांसद बस्नेत
- असार १४, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले प्रतिनिधि सभाको बैठकमा ‘कलिला र ओठ निचोर्दा दूध आउने माननीयज्यूहरु’ भनेपछि नियमापत्ति भएको छ ।
शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सांसद बस्नेतले आफूलाई टेरामक्समा जोडेर सबै सांसदहरुले प्रश्न गरेको बताए । त्यसक्रममा उनले यस्तो भाषा प्रयोग गरेका हुन् ।
‘मलाई पनि टेरामक्सको कुरालाई लिएर बेला बेलामा, हुन त यसका बारेमा तीन जना सांसदहरुको नाम मुछिएको छ । यसका बारेमा बेला बेलामा कुरा उठाउने गरेको छ । एकदम कलिला कलिला ओठ निचोर्दा दूध आउने माननीय ज्यूहरुदेखि लिएर दाह्रीजुँगा फूलेका माननीय ज्युहरुसम्मले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु’ बस्नेतले भने ।
त्यसपछि सांसद बस्नेतको शब्दलाई लिएर नेकपा एमालेकी सांसद सम्झना थपलियाले नियमापत्ति गरिन् । ओठ निचोर्ने माननीय, कलिलो र छिपिएको माननीय भन्ने हुँदेन । त्यसकारणले यो असंसदीय भाषा भयो यो फिर्ता लिनुपर्छ’ भनेर उनले भनिन् । त्यसपछि सभामुख देवराज घिमिरेले ‘के भएको रहेछ हेरेर निर्णय गर्छौं’ भनेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments