मोडलिङका साथै समाजसेवामा आफनो छुट्टै पहिचान बनाउन लागेकी आरोही
- असार १५, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राग, रौस र मानव यी नै मानव जीवनको पहिचान । अझ यसमा मनोरञ्जनका हल्का बिधा थपिँदा झन सुनमा सुगन्ध नै हुन्छ । हुन् त अहिले परिवर्तीत समाजले राग र रौसलाई निकै अगाडी बढाई सकेको छ ।
तर पनि मानवताको आँखा बाट हेर्ने हो भने अझै पनि मानिसहरु समाज प्रतिको उत्तरदायित्व र सामाजिक चेतनाको कमिका कारण आफनो मनले चिताएको सबै कुरा गर्न हिच्किचाउँछ । कारण उसलाई समाज देखी केही थोरैै भएपनि डर छ ।
अब कुरा मोडलिङ विधाको । यो यस्तो विधा हो जहाँ पनि जस्को कम्मर हल्लिहाल्छ । चाहे त्यो राम्रो होस् या नहोस् । खाली यो विधाको लागि आफनो भित्रि मनमा खुशीका तरंग मात्र छाउनु पर्छ । अझ कला निकटका व्यक्तिलाई त आफ्नो भावना पोख्ने माध्यम नै हो मोडलिङ।
यस्तै सबै मानवलाई सबै गुण दिएको हुँदैन । जसले जे जति पाएको छ । उसले त्यसको सहि प्रयोग गरिरहेका हुन्छन् पनि हुदैंनन पनि । तर अहिले नेपाली मोडलिङको दुनियाँ एउटा यस्तो नक्षत्र उदाएको छ जसले देशले गर्व गर्ने काम गरिरहेको छ ।
विश्वभरका किशोर किशोरीहरूलाई आफ्नो प्रतिभा, बुद्धिमत्ता र समुदायको संलग्नता देखाउनको लागि एउटा प्लेटफर्मको निर्माण गरेको एउटा निर्माता मध्ये पर्छिन नेपाली मोडल आरोही अधिकारी ।
पुरानो बानेश्वर बत्तिसपुतलीको चौघराबाट बाहिरएर मोडलिङको दुनियाँमा प्रवेश गरेकी आरोही अहिले चम्किलो ताराको रुपमा उभिएकी छिन् । मिस टिन इन्टरनेसनल २०२४ को फाइनलिस्टमा परेकी आरोही यसलाई आफनोे सफलताको एउटा श्रेणीको रुपमा चित्रित गर्छिन ।
विश्वको सबैभन्दा पुरानो प्रतियोगीतामा मिस टिन इन्टरनेसनल नेपालको तर्फबाट भाग लिएकी आरोहीले नेपालमा पनि प्रतियोगीताहरुमा आफनो कार्र्य कुशलता देखाई सकेकी छिन् ।
मोडलिङका साथै समाज आफनो छुट्टै पहिचान बनाउन लागेकी आरोही अहिले म्याक्सभिजन सोशल वेलफेयर सोसाइटी सँग सम्वन्धित छिन् । हरियाणाको गुरुग्राममा रहेको यो संस्थाले बाल श्रमलाई शिक्षित र उन्मूलन गर्न शिक्षा केन्द्रहरू सञ्चालन गरिरहेको छ ।
१८ वर्ष उमेर समूहका अल्पविपन्न बालबालिकाहरूको लागि गैर–औपचारिक, उपचारात्मक र पुल पाठ्यक्रम शिक्षा मार्फत स्कूल छोड्ने बालबालिकाको दर। गुरुग्राम हरियाणा भरि बाल श्रम शिक्षित र उन्मूलन गर्न यो संस्था लागेको छ ।
जीवनमा दिगो परिवर्तन ल्याई समानता, न्याय र शान्ति प्राप्त र दिगो समाज । वातावरण प्रति समर्पण र कल्याणको लागि जागरूकता गराउन लागि परेकी आरोही
मिसन भनेको समग्र विकास तर्फ समाजका पिछडिएका, सीमान्तकृत र कमजोर वर्गहरूलाई शिक्षित र सशक्त बनाउनु नै होे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments