कासिन न्यूज,
कैलाली ।
धनगढीस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको मौज्दात घट्दै गएको छ । उक्त केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार कुनै बिरामीले आकस्मिक रुपमा रगत माग गरेमा तत्काल पाउने अवस्था छैन ।
सुदूरपश्चिमका पहाडी जिल्लाबाट विभिन्न रोगका बिरामी उपचारका लागि धनगढीमा आउने गरेका छन् । उपचार गर्न अस्पताल भर्ना भएका बिरामीका आफन्तले रगतको खोजीमा सास्ती खेप्नु परेको छ ।
पछिल्लोपटक जिल्लामा रक्तदान कार्यक्रम पनि कम हुन थालेका छन् । हरेक वर्ष गर्मीयाममा रगत अभाव हुने गरेको प्रमुख पन्तले बताए । “रक्त सञ्चार केन्द्रका अनुसार ‘ए पोजेटिभ’ समूहको रगतको अभाव तुलनात्मक रूपमा बढी देखिएको छ । कतिपय समूहको रगत बिरामीका आफन्तले चाहेका बेला पाउने अवस्था छैन”, उनले भने , “हामीले रक्तदाता खोजेर भए दिने प्रयास गर्दै आए पनि सहज रूपमा रगत पाउन ढिला हुन्छ ।” समयमै रगत नपाउँदा कतिपय बिरामीको शल्यक्रियामा विलम्ब भएको छ । केन्द्रबाट दैनिक ५० देखि ६० युनिट रगत खपत हुँदै आएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments