सुधीर नेपाल,
१६, असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ । शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । देउवा ओलीबिचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।
राजनीतिक भेटघाटले जसरी राजनीतिमा तरङ्ग फैलीएको महसुस गरिएको छ । त्यो तरङ्गले कुनै न कुनै निदान भनौ समाधान ल्याउने कुरा भने पक्कै छ ।
सरकार परिवर्तनको बाटो खुलाउन लागि पनि यो भेटघाटले महत्वपूर्ण भूमीका खेलेको राजनीतिक पण्डितहरु आंकलन गर्छन् । साच्चै भन्नु आफू भन्दा तल्लो अवस्थाको प्रतिनिधि सभाको सिट ल्याएका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सबै दललाई तल पारेर प्रधानमन्त्री बनेका छन् ।
राजनीतिक लालीपापा खुवाउन माहिर मानिएका प्रधानमन्त्री दाहाल राजनीतिक परिबृत्तका एउटा चतुर खेलाडी हुन् भन्दा फरक नर्पला । किनभने आफनो राजनीति पाटोलाई हातको हत्केलामा राम्ररी केलाउन सक्ने क्षमता भएका प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत घुमाउन सके । ओली जो नेपाली राजनीतिका एउटा दह्रो पाटो हुन् ।
जस्तै राजनीतिज्ञलाई आफनो वरिपरी नचाउन सक्ने क्षमता भएका अध्यक्ष ओलीलाई प्रधानमन्त्री दाहालले राजनीतिक पाठशालामा राम्रै सँग पढाए ।
त्यस्तै अर्का पुरुष हुन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । नेपाली राजनीतिका कुशल खेलाडीको रुपमा नाम कमाएका सभापति देउवालाई पनि प्रधानमन्त्री दाहालले मन्त्र लगाए । मन्त्र पनि यस्तो लगाए कि देउवा दाहालको इसारामा चल्न थालेका थिए ।
सभापति देउवाले यति पनि सोच्न सकेनन कि प्रधानमन्त्री दाहालले आफूलाई राजनीतिक कोठाको एउटा कुनामा राखेर लालीपापा खुवाउने छन् ।
आखिर भयो पनि त्यस्तै सभापति देउवालाई प्रधानमन्त्री दाहालले राजनीतिको गुलियो चास्नीमा डुबाई छोडे । त्यहि झोक पोख्नको लागि अहिले सभापति देउवाले राजनीतिक भेटक्रमलाई बढाएका छन् । सभापति देउवाको मूल उद्देश्य भनेको प्रधानमन्त्री दाहाललाई जसरी भएपनि पदच्यूत गर्नु हो । त्यसैले सभापति देउवाको मोह अहिले अध्यक्ष ओली प्रति बढेको छ ।
तर अध्यक्ष ओली सामान्य रुपमा सभापति देउवाको चंगुलमा फस्ने अवस्था छैन् । बाध्यताको एक छेउले समाउने हो भने अहिले प्रधानमन्त्री दाहाललाई पाखा लगाउन अध्यक्ष ओली र सभापति देउवाको मित्रमिलन कायम हुनु जरुरी छ ।
यो कुरा सामान्य हो राजनीतिमा । तर सामान्य भन्दा भन्दै राजनीतिक बृत्तमा ठूलो माछा बनेका अध्यक्ष ओली र सभापति देउवालाई प्रधानमन्त्री दाहालले धोती लगाइदिएको राजनीतिका पण्डितहरुको आकलन छ ।
केही वर्ष अघि नेपाली कांग्रेसका दिवंगत नेता गिरिजा प्रसाद कोइरालाले अब देशको सत्ता र प्रमुख पदको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डको हातमा हुनेछ भनेर एउटा अभिव्यक्ति दिएका थिए । जुन अहिले चरित्रार्थ भएको छ । नेपाली राजनीतिमा प्रधानमन्त्री दाहाल एउटा अनौठो पाराले उदाएका छन् ।
राजनीतिकको हरेक मोडलाई परिस्थिती जन्य अवस्था मुताविक पहिचान गर्न सक्ने कला भएका प्रधानमन्त्री दाहालले देशको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल बिताउँदै छन् । सामन्ती र सर्वहारा वर्गको सफाया गर्ने र देशलाई आम नागरिकको चाहना अनुरुप ढाल्ने प्रतिज्ञाका साथ जनयुद्धमा होमाएर सर्वोच्च कमाण्डरको पगरि गुथेका प्रधानमन्त्री दाहाल ती सपना अहिले काल्पनिक भएका छन् । करिबन दुई दशक भयो होला प्रधानमन्त्री दाहालले सो प्रतिज्ञा गरेको । तर अहिले त्यो प्रतिज्ञा प्रतिज्ञामा नै सिमित भएको छ ।
शान्तिवार्ताको झोला बोकेर उपत्यकामा शान्तिको वार्ता गर्दै राज्यलाई जनयुद्धबाट पार लगाएका प्रधानमन्त्री दाहालले जसै आफनो दललाई सामूहिक राजनीतिक दलका रुपमा रुपान्तरित गरे । त्यसपछिका दिनहरुमा सत्ता र राज्यका सुख सुविधाले बिगतमा गरेका वाचाहरु विस्तारै बिस्मृत हुन् थाले ।
तर सत्ता र सरकारले भने प्रधानमन्त्री दाहाललाई घेरीरहे अर्थात जति खेर राजनीतिमा सत्ता परिवर्तनको खेल सुरु हुन्छ । त्यसको अग्रभागमा प्रधानमन्त्री दाहाल नै पर्ने गर्छन् ।
यसलाई प्रधानमन्त्री दाहालको भाग्य भनौ या अध्यक्ष ओली र सभापति देउवाको बड्कपन । यहि बड्कपन नै अहिले अध्यक्ष ओली र सभापति देउवालाई घाँडो हुन् थालेको छ । त्यसैले पनि सभापति देउवाले आफनो राजनीतिक भेटघाट बढाउन थालेका । जति भेटवार्ता गरे पनि नजिता भने शून्यको रेसियोमा घुमिरहेको छ । भने अध्यक्ष ओली र सभापति देउवाले शून्य नतिजालाई १ सयमा ल्याउने ल्याक्त राखेपनि दुबैमा राजनीति बहादुरीको कमिले गर्दा नै प्रधानमन्त्री दाहालले उनीहरुलाई घुमाउने मौका पाएका हुन् । त्यसैले पनि भनिन्छ भेटवार्ता जारी उपलब्धी शून्य ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments