दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि चुम्यो : कप्तान शर्माले लिए सन्यास

- असार १६, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि- २० बाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि -२० बाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक क्षण आनन्द लिए। विदा लिने यो समय हो।’
शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टि ट्वान्टी विश्वकप जितेको थियो। यसअघि भारत सन् २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो। रोहित त्यतिबेला पनि टोलीका सदस्य थिए ।
आफूले चाहेको सफलता पाएको उल्लेख गर्दै भने, ‘म यो उपाधि जित्न चाहन्थे। सन्चारकर्मीलाई पनि धन्यवाद दिन चाहन्छु।’ उनले उपाधि टोलीका प्रशिक्षक राहुल द्रविडलाई समर्पित गरेको बताए । ‘उहाँले पछिल्लो २०/२५ वर्ष भारतीय क्रिकेटका लागि योगदान गर्नुभएको थियो। यो पाटो छुटेको थियो। उनका लागि हामीले यो सफलता दिलाउन सकेकोमा पुरै टोलीकातर्फ खुसी व्यक्त गर्दछु।,’
एजेन्सीको सहयोगमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर